arrow

१९ बर्षपछि शिल्‍पाको खुलासा, यसरी फेरियो 'धड्कन' को 'क्‍लाइमेक्‍स'

logo
प्रकाशित २०७५ चैत २५ सोमबार
silpa.jpg

काठमाडौं । १९ बर्ष पहिले रिलीज भएको चलचित्र 'धड्कन' आज पनि दर्शकहरु माझ प्रिय छ । बलिउड अभिनेता सुनील शेट्टी मुख्य भुमिका रहेको चलचित्रमा शिल्‍पा शेट्टी र अक्षय कुमार रहेका छन् ।  चलचित्रमा देव, अन्जली र रामको त्रिकोणात्मक प्रेम कथालाई देखाइएको छ । हालै सुनील शेट्टी 'सुपर डान्सर च्याप्टर३ ' मा पाहुना बनेर पुगेका थिए । शोमा शिल्‍पा शेट्टी जजको भूमिकामा छिन् । सो मन्चमा चलचित्र 'धड्कन' बारे कुरा गर्दै शिल्‍पा शेट्टीले चलचित्र का क्‍लाइमेक्‍स अरुनै रहेको खुलासा गरिन् ।

शिल्‍पाले भनिन् ,' चलचित्र धड्कन बनाउने क्रममा एक यस्तो समय आएको थियो मलाई लाग्यो अब यो चलचित्र बन्ने छैन । चलचित्र बनाउन ५ बर्ष लागेको थियो '

उनले भनिन् ,' चलचित्रमा अन्जलीको लागि मलाई, देवको सुनील शेट्टी र रामको भुमिकाको लागि अक्षय कुमारलाई छानिएको थियो  । निर्देशक धर्मेश चाहान्थे कि  चलचित्रको सुटिङ ३ महिनामा सकियोस । तर सो क्रममा सुनील शेट्टी कुनै अर्को चलचित्रको सुटिङमा व्यस्त थिए । यस कारण चलचित्रको मिति अघि सर्दै गयो '

अभिनेत्रीले भनिन्,' अन्तमा धर्मेशले सुनील शेट्टीको ठाँउमा अर्को स्‍टारलाई ल्याएर सुटिङ सुरु भयो । तर धर्मेशलाई लाग्यो नयाँ एक्‍टरले देवको जस्तो महसुस गराउन सकेनन । त्यसपछि उनले पुन सुनील शेट्टीलाई भुमिका दिए । यी सबैमा पाँच बर्ष बित्यो ।'

शिल्‍पा शेट्टीले भनिन् ,' चलचित्र बक्‍स अफिसमा सुपरहिट भयो । चलचित्रको लागि सुनील शेट्टीले फिल्मफेयर अवार्ड पाए । देवको भुमिका मात्र सुनील शेट्टीको लागि लेखिएको थियो । '

 शिल्‍पाले खुलासा गरिन् चलचित्रको क्‍लाइमेक्‍स त्यो थिएन जुन देखाइयो ।  ह्याप्पी इन्डिङका कारण चलचित्रको   क्‍लाइमेक्‍स पनि परिवर्तन गरिएको थियो ।  अभिनेत्रीले भनिन्, ' जुन वास्तविक क्‍लाइमेक्‍स थियो त्यसमा अन्जली, देवलाई भन्छिन् कि उनि रामको शिशुको आमा बन्दै छिन् सो सुनेर देवको मृत्यु हुन्छ । तर यो हामीलाई दुख्द लाग्यो र चलचित्रको अन्त्यमा देव महिमासँग गएको देखाइयो। '

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ