arrow

विवेक ओबराय वडोदराबाट चुनाव लड्ने !

logo
प्रकाशित २०७५ चैत २५ सोमबार
vivek-oberoi.jpg

काठमाडौं ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकमा मोदीको भूमिका निभाएका अभिनेता विवेक ओबरायले वडोदराबाट चुनावमा उठ्न सक्ने बताएका छन् । उमंग कुमारद्वारा निर्देशित फिल्म ‘पीएम नरेन्द्र मोदी’ को प्रचार गर्दै पारुल विश्वविद्यालय पुगेका अभिनेताले सो बताएका हुन् ।

विश्वविद्यालयका  विद्यार्थीसँगको एक संवाद सत्रमा भाग लिदै अभिनेता विवेक ओबरायले राजनीतिमा सहभागी भए उनलाई सन् २०२४ को लोकसभा चुनावमा वडोदराबाट चुनावमा उठ्ने इच्छा रहेको बताए।

उनले फिल्मको बारेमा भने, 'यो फिल्म एक यस्तो व्यक्तिको प्रेरणादायक कथा हो , जो देशका प्रधानमन्त्री बने र बिना कुनै समर्थन वा जातिगत राजनीति संसारकै सबैभन्दा ठुला नेता माध्येका एक बने ।'

यसअघि तमिलनाडुको मुख्य प्रतिपक्षी दल  द्रविड मुनेत्र कडगम (डीएमके)का एक पदाधिकारीले केन्द्रीय चुनाव अधिकारिलाई पत्र लेखेर प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित चलचित्र माथि रोक लगाउन माग गरेका थिए । कोयम्बटूर स्थित पोलाचीको जिला स्तरीय अधिकारी पीएस अरासू भूपतिले सिनेमा प्रचार ठुलो बिष साबित हुने भन्दै २१ मार्चमा पत्रमा लेखेका थिए । चलचित्रको रिलीज कमतिमा १९ मेमा हुने अन्तिम चरणको मतदानसम्म रोक्न मुख्य चुनाव आयुक्तसाथै स्थानीय चुनाव अधिकारिलाई उनले माग गरेका थिए।

 सर्वोच्च अदालतले शुक्रवार बायोपिक रिलीज माथि रोक लगाउने माग तत्काल सुनवाइ गर्न अस्विकार गरेको छ। विवेक ओबरायका पिता सुरेश ओब्राय उक्त फिल्मका एक निर्माता हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ