arrow

बालै फरर...[भिडियोसहित]

logo
प्रकाशित २०७५ चैत २६ मंगलबार
balai-farara.JPG

काठमाडौं । धेरै मान्छेहरु प्रेममा धोका खाएर आत्महत्यासम्म पनि गर्ने गरेको हामीले सुनेका छौं । तर बिछोडलाई पनि रमाइलोको रुपमा लिन सकिने रहेछ ।

चुरोट, बबाल झ्याप, केटी नेपाली जस्ता रमाइलो किसिमका गीतहरु गाएर युवा माझ आफ्नो बेग्लै पहिचान बनाएका गाएक चिन्टु रिमालले हालै बालै फरर... नामको ब्रेकअप गीत युटुवमा सार्वजनिक गरेका छन् ।

धेरैले प्रेम बिछोडलाई दुःखको रुपमा लिने गर्छन् तर उनले भने बिछोडलाई  निकै रमाइलोका साथ प्रस्तुत गरेका छन् । गीतमा भुपु प्रेमिकाको आनी बानी उपर बेजोड ठट्टा गरिएको छ । 

उक्त गीतको लेखन, गायन, संगीत, एरेन्ज र रेकर्डिङसमेत उनी एक्लैले गरेका हुन् । उनले हालै मात्र काठमाडौंको गुल्फुटारमा बाजाबोइ प्रोडक्सन नामक स्टुडियो सन्चालनमा ल्याएका छन् ।

आगामी दिनमा पनि मौलिक शैलीका गीतहरु प्रकाशमा ल्याउने तयारीमा रहेको चिन्टुले जानकारी गराएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ