arrow

शाहरुखको सुपरहिट 'डन' को तेस्रो सिक्वेलमा रणवीर !

logo
प्रकाशित २०७५ चैत २६ मंगलबार
srk-ranveer.jpg

काठमाडौं । भारतीय चलचित्र उद्योगमा लामो समयदेखि अभिनेता शाहरुख खान सुपरहिट सिरिज डनको तेस्रो सिक्वेल ‘डन ३’ मा देखिने चर्चा चल्दै आएको छ । तर भारतीय सञ्चारमाध्यमका अनुसार शाहरुखले सो चलचित्रमा काम गर्न अस्विकार गरेका छन् ।

शाहरुखले आफ्नै सुपरहिट सिरिज छोडेपछि  निर्माताहरुले अहिले रणवीर सिंहलाई प्रस्ताव गरेका छन् । फिल्मको स्क्रिप्ट मा काम भैरहेको छ । किंग खानको अस्वकृतिपछि निर्माताहरुले रणवीरसँग कुरा गरेका हुन् ।  उनि अब ‘डन ३’ मा देखिन सक्ने बताइएको छ । तर यस बिषयमा आधिकारिक पुष्टि भने भएको छैन ।

 २०० करोडको लगानीमा बनेको  फिल्म ‘जीरो’ फ्लपभएपछि सुपरहिट फिल्मको खोजीमा रहेका शाहरुख खान यसअघि नै दर्शकको मन जितिसकेको फिल्म ‘डन’ को चर्चामा थिए  ।  जीरोको असफलतापछि अत्यन्तै रोजेर मात्र फिल्म लिन थालेका उनले यसअघि चर्चामा रहेको राकेश शर्माको बायोपिक शाहरुखले छोडेका थिए ।

जोयाको निर्देशनमा रणवीरले यसअघि दुईपटक काम गरिसकेका छन् । यो फिल्मका लागि फिमेल लिडमा कट्रिना कैफको नाम आइरहेको छ । फिल्मको पहिलो र दोस्रो भागमा प्रियंका चोपडा र शाहरुख खान लिड रोलमा थिए । सन् २०११ मा रिलिज भएको ‘डन २’ मा शाहरुख खान, प्रियंका चोपडा र लारा दत्तले मुख्य भूमिका निभाएका थिए ।

 सन् २००६ मा बलिउडका बादशाह शाहरुख खान र प्रियंका चोपडाले ‘डन’ फिल्ममा काम गरे। डन फिल्म रिलिज हुनुअघि नै शाहरुख र प्रियंकाबीच मायाप्रेमले घर बनाइसकेको थियो।  यद्यपि, शाहरुखले केही अन्तरवार्तामा प्रियंकाको अपार माया पोखेका पनि थिए। उनले भनेका थिए, ‘अरु हिरोइनसँग काम गर्दा त्यति धेरै सहज हुँदैनथ्यो, तर प्रियंकाले मेरो कपाल पनि मिलाइदिन्थिन्, मलाई साँच्चै सहज हुन्थ्यो।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ