arrow

किसान बने धर्मेन्द्र, भन्छन्- 'म यसैमा खुशी छु'

logo
प्रकाशित २०७५ चैत २६ मंगलबार
dharmendra2.jpg

काठमाडौं । भारतीय चर्चित नायक धर्मेन्द्र लामो समयदेखि बलिउड देखि टाढा छन् । पछिल्लो समय धर्मेन्द्र आफ्नो  फार्म हाउसमा सम्पुर्ण जिन्दगी बिताइरहेका छन् । उनि प्राय आफ्नो फार्महाउसको भिडियो खिचेर शेयर गरिरहेका हुन्छन् ।  

धर्मेन्द्रले खिचेका भिडियोमा उनको निजी जिन्दगीको झलक देखिन्छ । हालै धर्मेन्द्रले फार्महाउसमा फलहरु लागेको चर्चा गरेका छन् । धर्मेन्द्रले एवाकाडोको रुखले फल दिएको बताउदै निकै खुशी भए । उनले रुख बबी देओलले लगाएको बताए । उनको फार्महाउसमा अर्गानिक तरकारी र फल उत्पादन हुन थालेको छ । सो फार्महाउसको हेरविचारमै धर्मेन्द्र व्यस्त हुने गरेका छन् ।  

धर्मेन्द्रले फार्ममा टमाटर र बैगुन पनि लगाएका छन् ।  धर्मेन्द्रले खेती गर्न मनपर्ने बताउदै भने , 'खेती गर्नुको मज्जा साथै मिलेर काम गर्नुमा छ । यसमा काम गर्न र गराउने दुवैलाई आनन्द मिल्छ । उनले भनेका छन्, 'सृष्टिको काखमा उनको देन यस्तै कृपा रहिरहोस र सबैको माया मिलोस । म यसैमा खुशी छु ।'

अन्तिम पटक धर्मेन्द्र छोरा सनी र बबी देओलको चलचित्र 'यमला पगला दीवाना फिर से' मा देखिएका थिए । चलचित्रले बक्स अफिसमा खासै राम्रो गर्न सकेन ।

केहि समय पहिले धर्मेन्द्रले आफ्नो नाती करण देओलको एक भिडियो शेयर गरेका थिए । भिडियो शेयर गर्दै धर्मेन्द्रले लेखेका थिए , ' जस्तो बावु उस्तै छोरा ।' करण सो भिडियोमा टायरमा हम्बरले हिर्काउदै थिए । करणको डेब्यू फिल्म 'पल पल दिल के पास' चाडै रिलीज हुदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ