arrow

हजारौं दर्शकलाई छमछमी नचाए पशुपती शर्माले

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ चैत २७ बुधबार
pashupati-sharma.jpg

कपिलवस्तु। कपिलवस्तु जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, पर्यटन कृषि उद्योग र व्यापार भन्ने मुल नारा सहित चैत्र १८ देखि सञ्चालनमा रहेको छैठौ प्रचिन महोत्सवको रौनक बढिरहेको छ। सन्ध्याकालिन समयमा चहलपहल भै रातीसम्म चल्ने छैठौं प्राचिन कपिलवस्तु महोत्सवमा दर्शकको सहभागीता उलेख्य रहेको छ। जिल्लामा फरक किसिमले सञ्चालन हुने यो महोत्सव रातीको समयमा सञ्चालन हुँदै आएको छ।

महोत्सवको छैठौं संस्करण चलिरहदा अहिले महोत्सवमा दर्शकको खचाखच भिड रहेको छ। सोमबार मात्र चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले हजारौं दर्शकलाई छमछमी नचाए। शर्मा आउने थाहा पाए पछि दर्शकहरु साँझ देखि नै महोत्सव अवलोकनका लागि ओर्लिएका थिए।

राती ९ बजे मञ्चमा देखिएका गायक शर्माले झण्डै डेढ घण्टा प्रस्तुती दिए। क्याम्पस पढ्न आउने, झमझम दर्कियो पानी, लोरी हरायो, यसै त डल्ली नाच्छु हल्ली हल्ली लगायत आधा दर्शक गीत म्युजिकमा गाए। यसैगरी पछिल्लो समय चर्चाको कमाउन सफल लुट्न सके लुट कान्छा लुट्न सके लुट पनि उनले गाए। उनले यो गीत म्युजिक ट्याकमा नभई शब्दमा गाएका थियो।

पशुपति शर्माको प्रस्तुती हेर्न मञ्चमा प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेल, सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलराज आचार्य लगायत पुगेका थिए।

शर्माले गीत गाउँदा प्रजिअ पोख्रेल ननाचे पनि सहायक प्रजिअ अर्याल र प्रमुख प्रशासकीय अधिकृत आचार्य छमिछमि नाचेका थिए। चैत ३० गते सम्म संचालन हुने महोत्सव सोचेभन्दा पनि राम्रो भएको महोत्सव मूल आयोजक समितिका संयोजक गयादीन कुर्मी दीपुले बताए। महोत्सव शान्त  पूर्ण वातावरणमा सञ्चालन भैरहेको संयोजक गयादिन कुर्मीले जनाए। 

महोत्सवको शान्ति सुव्यवस्था मजबुत पार्नका लागि नेपाल प्रहरी लगायतका सुरक्षाकर्मी खटाइएको छ भने दर्जनौको संख्यामा स्वयमसेवक परिचालन गरिएको उनले जनाए। मेलामा कुस्तीको खेल हुंदा स्थानीय दर्शकहरुको उत्साह बढेर आएको थियो। रातिको समयमा मेला संचालनमा आएको हुंदा दिनभर घर तथा कार्यालयको काम सकेर फुर्सदको समयमा मेला हेर्न पाएको हुंदा र्तालिहवा लगायत जिल्लाका अधिकाम्स स्थानका दर्शकहरुको आर्कषण बढेको महोत्सवका संयोजक गयादिन कुर्मीले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ