arrow

'उरी: द सर्जिकल स्ट्राइक' का गृह मन्त्रीको मृत्यु

logo
प्रकाशित २०७५ चैत २७ बुधबार
uri.jpg

काठमाडौं । बलिउड चलचित्र उरी: द सर्जिकल स्ट्राइकका अभिनेता नवतेज हुन्डलको मृत्यु भएको छ । हुन्डल लामोसमयदेखि हेपेटाइटस बीसँग लडिरहेका थिए । उनको एक हफ्तादेखि अस्पतालमा उपचार भैरहेको थियो ।

हुन्डलले उरीमा गृह मन्त्रीको भुमिका निभाएका थिए । यस बाहेक उनले सन् १९९३ मा रिलिज भएको चलचित्र खलनायक , १९९६ को चलचित्र मेरे सपने, १९८६ को चलचित्र अंगारे र सन् २००९ को चलचित्र व्हिस्पररमा अभिनय गरेका थिए । यसका साथै उनले टेलिभिजन शो 'भारत एक खोज मे' मा पनि काम गरेका छन् ।

हुन्डल श्रीमति र छोरीहरुसँग बस्थे । उनकी एक छोरी अवन्तिका हुन्डल टिभि शो 'ये हे मोहब्बते' मा मिहिकाको भुमिकामा रहेकी छन् । फिल्म उरी २०१९ को अहिलेसम्म सबैभन्दा ज्यादा कमाउने चलचित्र बनेको छ । चलचित्रले २ सय ४५ करोड भारतीय रुपैयाँ कमाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ