arrow

'पीएम नरेन्द्र मोदी' माथि निर्वाचन आयोगको रोक

logo
प्रकाशित २०७५ चैत २७ बुधबार
pm-modi1.jpeg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित चलचित्र  'पीएम नरेन्द्र मोदी'  माथि निर्वाचन आयोगले रोक लगाएको छ ।  चलचित्रले लोकसभा चुनावमा मतदातालाई प्रभावित गर्न सक्ने भन्दै रोक लगाइएको हो । चलचित्र लोकसभा चुनाव पछि मात्र रिलिज हुने बताइएको छ ।

यसअघि तमिलनाडुको मुख्य प्रतिपक्षी दल  द्रविड मुनेत्र कडगम (डीएमके)का एक पदाधिकारीले केन्द्रीय चुनाव अधिकारिलाई पत्र लेखेर प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित चलचित्र माथि रोक लगाउन माग गरेका थिए ।

विवेक ओबराय  स्टारर चलचित्र 'पीएम नरेन्द्र मोदी' अप्रिलको पहिलो हप्ता रिलीजको तयारीमा थियो ।  चलचित्रले लोकसभा चुनावमा मतदातालाई प्रभावित गर्न सक्ने पार्टीको बुझाइ छ ।

कोयम्बटूर स्थित पोलाचीको जिला स्तरीय अधिकारी पीएस अरासू भूपतिले सिनेमा प्रचार ठुलो बिष साबित हुने भन्दै २१ मार्चमा पत्रमा लेखेका थिए । चलचित्रको रिलीज कमतिमा १९ मेमा हुने अन्तिम चरणको मतदानसम्म रोक्न मुख्य चुनाव आयुक्तसाथै स्थानीय चुनाव अधिकारिलाई उनले माग गरेका छन् ।

भाजपाको तर्फबाट यसको अधिकारीक प्रतिक्रिया आउन बाकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ