arrow

एलन मस्कले जेफ बेजोसलाई लागए आफ्नो योजनाको नक्कल गरेको आरोप

logo
प्रकाशित २०७५ चैत २७ बुधबार
elen-musk-jeff.jpg

काठमाडौं । स्पेसएक्सका संस्थापक र टेस्ला कम्पनीका मुख्य कार्यकारी अधिकृत एलन मस्कले ब्लू अरिजिन का संस्थापक तथा अमेजनका मुख्य कार्यकारी अधिकृत जेफ बेजोसलाई आफ्नो  योजनाको नक्कल गरेको आरोप लगाएका छन् ।

अमेजनले इन्टरनेट स्याटेलाईट सार्वजनीक गर्ने योजना माथि मस्कले सो टिप्पणी गरेका हुन् ।  मस्कले एक ट्वीटको उत्तर दिदै ट्विटरमा कपी लेखेर बिरालोको इमोजी पोष्ट गरेका छन् ।   

अमेजनले पछिल्लो समय संसारभरका करोडौं मानिसहरुलाई ब्रोडब्याण्ड इन्टरनेट उपलब्ध गराउनको लागि ३ हजार २ सय ३६ स्याटेलाईट लन्च गर्ने योजनामा काम गरिरहेको घोषणा गरेको थियो ।

मस्कको कम्पनी स्पेसएक्सले अघिल्लो बर्षको फ्रेब्रअरी देखि नै यसै खालको परियोजनामा काम सुरु गरिसकेको छ ।

मस्कको ट्विटर कमेन्टमा बेजोसले कुने प्रतिक्रिया दिएका छैनन् । तर दुवै बिच ट्वीट वार हुन सक्ने अनुमान लगाउन सकिन्छ ।

बेजोस संसारकै सबैभन्दा धनि व्यक्ति हुन् । उनको कुल सम्पति ११५ अरब डलर रहेको छ ।

त्यस्तै संसारकै  पाँच सय अरबपतिहरुको सुचिमा एलन मस्क ३६ औँ नम्बरमा रहेका छन् । उनको कुल सम्पति २२.५ अरब डलर रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ