arrow

रङ्गशाला निर्माणको सहयोगार्थ दुबईमा ‘धुर्मुस सुन्तली साँझ’

logo
प्रकाशित २०७५ चैत २७ बुधबार
dhurmus-suntali-saajh.jpg

काठमाडौं ।  धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण सहयोगार्थ दुबईमा धुर्मुस सुन्तली साँझ आयोजना हुने भएको छ ।

 दुबई स्थित सम्पुर्ण संघसंस्थाहरुको आयोजनामा चितवन समाजको संयोजनमा यहि अप्रिल २६ तारिखका दिन कार्यक्रम हुने धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) ले जानकारी दिएका छन् ।

ग्राण्ड एक्सेलसियर होटल, बर दुबईमा आउँदो अप्रिल २६ मा हुने कार्यक्रममा धुर्मुस सुन्तली सहित अन्य चर्चित कलाकारहरुको समेत उपस्थिती रहने छ । धुर्मुसले सामाजिक सञ्जाल फेसबुक मार्फत कार्यक्रम हुने जानकारी दिँदै दुबईमा रहेका नेपालीहरुलाई उपस्थितीका लागि अनुरोध समेत गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ