arrow

ट्विटरका सीईओको एक बर्षको तलब १५५ रुपैयाँ

logo
प्रकाशित २०७५ चैत २७ बुधबार
jack-dorsey.jpg

काठमाडौं ।  ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक डोर्सीले अघिल्लो बर्ष २०१८ को तलब १.४० डलर ( १५५ नेपाली रुपैयाँ) मात्र पाएका छन् । यो उनको पहिलो  तलब हो । डोर्से सन् २०१५ मा ट्विटरको सीईओ भएका थिए ।

सो समय उनले ३ बर्षसम्म कुनै तलब वा भत्ता नलिने बताएका थिए । उनले २०१८ मा १.४० डलर सांकेतिक तलब बाहेक कुनै पनि अन्य भत्ता लिन अस्विकार गरेका छन् । ट्विटरले सोमवार रेग्युलेटरी फाइलिंगमा यो जानकारी दिएको हो ।

ट्विटरका सहसंस्थापक डोर्सीले लामो समयसम्म कम्पनीको प्रगतिको प्रतिबद्धता जताउदै तलब नलिने निर्णय गरेका थिए । डोर्सीको तलब ट्विटरको पछिल्लो १४० शब्द लिमिटको संकेत हो । सन् २०१७ मा यसलाई बढाएर २८० शब्द गरिएको थियो ।

डोर्सीको अन्य आम्दानीको स्रोत ट्विटर र मोबाइल पेमेन्ट कम्पनी स्कवायरको शेयर हो । ब्लूमबर्ग बिलेनियर इन्डेक्सका अनुसार डोर्सीको कुल सम्पति ६ खर्ब १० अर्व नेपाली रुपैयाँ रहेको छ ।

सांकेतिक तलब लिने डोर्सी एक मात्र सीईओ भने होइनन् । फेसबुकका सीईओ मार्क जकरबर्ग लामो समयदेखि १ डलर बर्षिक तलब लिइरहेका छन् । अल्फाबेटका सीईओ लेरी पेज पनि बर्षिक १ डलर तलब लिन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ