arrow

ब्ल्याकहोलबारे जान्नुपर्ने कुराहरु

logo
एजेन्सी
प्रकाशित २०७५ चैत २८ बिहिबार
blackhole.png

काठमाडौं । वैज्ञानिकहरुले पहिलोपटक रहस्यमयी मानिएको ब्ल्याकहोलको तस्वीर लिएका छन् । प्रकाशलाई आफूभित्रै समाहित गर्ने ब्ल्याकहोलको तस्वीर लिनु निकै चुनौतीपूर्ण काम हो । 

द इभेन्ट होरिजन (ईएचटी)ले पहिलोपटक ब्ल्याकहोलको तस्वीर लिएको हो । ईएचटीले विश्वभरका आफ्ना ८ रेडियो अब्जर्भेशनको सहयोगमा निर्माण गरिएको टेलिस्कोपको सहयोगमा यो तस्वीर लिएको हो । यो तस्वीर बुधवार बिहान सार्वजनिक गरिएको हो । यो ब्ल्याकहोल मेस्सियर ८७ पृथ्वीभन्दा ५ करोड ५० लाख प्रकाशवर्ष टाढा छ । यो तस्वीर वैज्ञानिकहरुका लागि ब्ल्याहोलको अध्ययनको आगामी दिनको अध्ययनका लागि निकै महत्वपूर्ण हुन सक्छ । 

के हो ब्ल्याकहोल ? ब्रह्माण्डमा कति ब्ल्याकहोल छन् ? 

ब्ल्याकहोल अत्यधिक गुरुत्वबल भएको नष्ट भइसकेको ताराको अवशेष हो । यसको गुरुत्वबल यति धेरै हुन्छ कि यसले आफूभित्र आएको कुनै पनि वस्तु र प्रकाशलाई पनि बाहिर जान दिँदैन । वैज्ञानिकका अनुसार पृथ्वी रहेको आकाशगंगामा मात्र १० करोड ब्ल्याकहोल छन् । तर, पृथ्वीको नजिकै भने कुनै पनि ब्ल्याकहोल छैनन् । 

ब्रह्माण्डमा सबैतिर उज्यालो हुँदा ब्ल्याकहोलले भने आफूमा आएको प्रकाश बाहिर जान दिँदैन । त्यसैले यसलाई देख्न सकिँदैन तर ब्रह्माण्डमा प्रकाशको अभावमा ब्ल्याकहोल भाग कालो देखिन्छ । ब्रह्माण्डको बीचमा एक क्षीद्रजस्तो देखिने भएकोले यसलाई कालो क्षीद्र वा ब्ल्याकहोल भनिएको हो । 

यो ब्ल्याकहोल कति ठूलो छ ? 

मेस्सियर ८७ ब्ल्याकहोल वास्तवमा निकै ठूलो छ । यदि सूर्यलाई यसको अगाडि राख्ने हो भने यो निकै सानो देखिन्छ । तर, यसमा परेको सूर्यको प्रकाश बाहिर जान सक्दैन । 

वैज्ञानिकका अनुसार यसको आकार वरुण ग्रहको कक्षबराबरको छ । वरुणले सूर्यको परिक्रमा गर्न २ सय वर्ष लगाउँछ । यसबाट पनि यसको आकार थाहा पाउन सकिन्छ । 

ब्ल्याकहोलको तस्वीर लिनु कत्ति गाह्रो काम हो ? 

अझै पनि ब्ल्याकहोलको विषय सैद्धान्तिक मात्र छ । अहिलेसम्म यसबारे अभ्यासगतरुपमा भने यसबारे कुनै स्पष्ट जानकारी पाउन थियो । ब्ल्याहोलको तस्वीर लिनको लागि पृथ्वीबाट देखिने यसको आकार निकै नै सानो हुनु एउटा कारण हो । 

अर्को महत्वपूर्ण कारण कारण भनेको ब्ल्याकहोलको आफ्नो प्रकाश नहुनु र यसमा परेको प्रकाश पनि फिर्ता नआउनुले यसलाई देख्न सकिँदैन । त्यसले अहिलेसम्म यसको तस्वीर लिन नसकिएको हो । 

यो तस्वीरको सहयोगमा आगामी दिनमा ब्ल्याकहोलबारे थाहा हुन बाँकी रहेका अन्य रहस्य पनि खुल्नसक्ने वैज्ञानिकको भनाइ छ । लामो समयदेखि ब्ल्याकहोलको विषयमा चर्चा र चासो रहँदै आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ