arrow

भारतको सहयोगमा सिराहामा प्रसूति अस्पताल निमार्ण

logo
प्रकाशित २०७५ चैत २८ बिहिबार
maternity-hospital-siraha.gif

काठमाडौं। भारत सकारको सहयोगमा सिरहामा अस्पताल बनेको छ। नेपालका लागि भारतीय राजदूत महामहिम मंजीव सिंह पुरीद्वारा २०७५ चैत्र २७ गते सिराहा जिल्लामा चन्द्र नारायण यादव मेमोरियल प्रसूति अस्पतालको उद्घाटन गरेका छन्। 

सो अवसरमा नेपाली कांग्रेस केन्द्रीय कोषाध्यक्ष तथा चन्द्र नारायण मेमोरियल ट्रस्टका अध्यक्ष सीता देवी यादव तथा सामाजिक अगुवाहरुको समेतको उपस्थिति रहेको थियो।

सिराहा जिल्ला र यस वरिपरिका ५० गाउँका जनताहरुको मातृत्व तथा स्वास्थ्य सेवामा पहुच प्रदान गर्न सकियोस भन्ने हेतुले उक्त अस्पतालको निर्माण गरिएको छ। गुणस्तरिय मातृत्व तथा बाल स्वास्थ्यमा आधारित भइ नाफा नकमाउने सिद्धान्त अन्तर्गत रहेर ट्रष्टले अस्पताल सञ्चालन गर्ने छ।

सो अस्पतालमा २५ शर्या छन्। नवनिर्मित मातृत्व अस्पताल भवन भारतीय सरकारको २.६९ करोड अनुदान सहयोगमा निर्माण भएको बताइएको भारतीय दुतावासबाट जारी बिज्ञप्तीमा जनाइएको छ।

यस परियोजनामा चिकित्सकीय उपकरणहरु जस्तै अल्ट्रासाउण्ड, एक्स–रे, ब्लड बैंक, इमरजेन्सी, माइनर ओटी, ३ वटा डाक्टर कक्ष, १ वटा नर्स कक्ष, भण्डारण कक्ष, प्रशासन, लेखाशाखा र भुइँ तल्लामा शौचालय तथा आइसीयु, सीसीयु, र मेजर ओटी रहेका छन्। यस नव निर्मित संरचनाले सिराहा जिल्ला र यस वरिपरिका जिल्लाहरुका जनताहरुले सेवा पाउनेछन्।

Image may contain: 4 people, people standing and outdoor

Image may contain: sky, cloud and outdoor

Image may contain: 3 people, crowd and outdoor



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ