arrow

मध्यरातमा अमिताभले किन गरे शाहरुखको 'ट्रोल'

logo
प्रकाशित २०७५ चैत २८ बिहिबार
amitabh-bachchan-shah.jpg

काठमाडौं । बलिडका महानायक अमिताभ बच्चन र बादशाह शाहरुख खानले ट्विटरमा जुहारी खेलेका छन् । अमिताभ र तापसी पन्नूको चलचित्र 'बदला' बक्स अफिसमा सफल भएसँगै जुहारी चलेको हो ।

 चलचित्रलाई फ्याहरुले मन पराएका छन् । चलचित्रको निर्माता शाहरुख खान हुन् । चलचित्रको बम्पर सफलतापछि बुधबार राति महानायक अमिताभले बलिउड बादशाह शाहरुखलाई ट्वीटरमा ट्रोल गरे।

अमिताभले एक ट्वीटको उत्तर दिदै लेखे, ' कसैले बदलालाई  स्लीपर हिट भने , तर न निर्माता, न  वितरक र न चलचित्र उद्योगमा यसको सफलताको बारेमा केहि भन्नको लागि समय खर्चिए, बदला, धन्यवाद।' अमिताभ बच्चनले निर्माता शाहरुख खानलाई इशारा गरे, तब उनले पनि यसको उत्तर फर्काए ।

शाहरुख खानले ट्वीटमा लेखे, 'सर हामी त पर्खाइमा छौ कि तपाईले कहिले पार्टी दिनुहुन्छ भनेर । हामी प्रत्येक रात तपाईको घर 'जलसा' को बाहिर पर्खि रहेका छौ ।'

अमिताभ बच्चनले किंग खानको सो ट्वीटको रमाइलो उत्तर दिए । बिग बीले लेखे, 'ओए.. चलचित्रमा काम मैले गरे ... निर्माण तपाईले गर्नुभयो, प्रमोशन्समा निस्वार्थ योगदान मैले दिए , अब पार्टी पनि मैले दिनुपर्ने ? जलसाको बाहिर प्रत्येक रात कोहि पनि आउदेन ।'

अमिताभ बच्चनको ट्वीटलाई शाहरुखले फेरी उत्तर दिए । उनले लेखे, "सर चलचित्र तपाईको हो.. अभिनय तपाईको .. सफलता तपाईको कारण भएको हो ... तपाई नभएको भए चलचित्र पनि हुने थिएन ... र पार्टी पनि ??'

सुजय घोषको निर्देशनमा बनेको चलचित्र ‘बदला’ लाई शाहरुख खानको कम्पनी रेड चिलीज एन्टरटेनमेन्टले अनजुरर एन्टरटेनमेन्टसँग मिलेर निर्माण गरेको हो । चलचित्रमा अमिताभ बच्चनसँग तापसी पन्नू पनि मुख्य भुमिकामा छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ