हनिमून भयो खल्लो, श्रीमतिले मागिन् सम्बन्धविच्छेद

प्रकाशित मिति : २०७५ चैत २८ बिहिबार

काठमाडौं ।  संयुक्त अरब इमिरेट्सकी एक नवविवाहित महिलाले आफ्नो श्रीमानको बानीबाट आजित भएर तलाकको आवेदन दिएकी छन् ।  यूएईमा हनिमून मानउन गएकी उनले आफ्नो श्रीमानलाई कन्जूस बताउदै श्रीमानसँग सम्बन्धविच्छेदको दरखास्त दिएकि हुन् ।

 साथै महिलाले अबूधाबी डिपार्टमेन्ट अफ फेमिली अफेयर्स (पर्सनल स्टेटस) मा  सम्बन्धविच्छेदको आवेदन दाखिल गरेकी छन् । विवाहको ३ हप्तामै महिलालाई आफ्नो ईरानी श्रीमान कन्जूस भएको थाहा भएको हो ।

सो विषयमा कुरा गर्दै महिलाले उनका श्रीमानले विवाहपछि एकै दिराम (यूएई मुद्रा) खर्च नगरेको बताइन् । जसकारण उनलाई सम्बन्धविच्छेद गर्न विवश हुनुपर्‍यो । यसका साथै महिलाले अदालतमा भनिन्  ''मेरो श्रीमान मभन्दा १३ बर्ष उमेरमा कम छन् र विवाहको पहिलो दिनबाटै उनले मलाई पानी, बिजली र गृहस्थीको खर्च भर्न भने।''

त्यस्तै महिलाका श्रीमानले सबै दस्तावेज हराएको भन्दै केहि रकम तिराएको बताए । महिलाले घरको फर्नीचर समेत आफ्नो पैसाले किनेकि थिइन् । यति सबै गरेपछि पनि उनले उपेक्षा गरेको महिलाले बताउदै आएकी छन् । जसकारण उनले सम्बन्धविच्छेद लिने निर्णय गर्नुपर्यो ।

नयाँ