arrow

उच्च शिक्षा हासिल नगरेका भारतीय स्टारहरु !

logo
प्रकाशित २०७५ चैत २८ बिहिबार
aamirkatarjun.jpg

काठमाडौं । पढाइको भूमिका मानिसको जीवनमा निकै महत्वपूर्ण हुन्छ । तर, संसारमा पढाइमा अब्बल नभए पनि आफ्नो क्षेत्रमा संघर्ष गरेर उच्च ओहदामा पुग्ने मानिसहरु पनि प्रशस्तै छन् ।

यस्तोमा यहाँ केही भारतीय कलाकारहरुको पढाइको विषयमा चर्चा गरिएको छ । भारतीय अभिनेता आमिर खानको पढाइको विषयमा अहिलेसम्म कुनै विवरण सार्वजनिक गरिएको छैन । उनले एक अन्तर्वातामा आफ्नो स्कुलसँग कुनै सम्बन्ध नरहेको बताएका थिए । उनी अहिले लालसिंह चद्धालाई लिएर चर्चामा छन् । त्यस्तै सलमानले भने हाइस्कुलसम्मको पढाइ गरेका छन् । अहिले फिल्म केसरीको कारण चर्चामा रहेका अक्षय कुमारको कुरा गर्दा उनले पनि हाइ स्कुलसम्मको पढाइ पूरा गरेका छन् ।

अभिनेत्री कट्रिना कैफले भने आफ्नो अवस्थाको कारण स्कुल जान पाएकी थिइनन् । उनी ७ भाइबहिनीमध्येकी एक हुन् । उनी सानै छँदा उनका मातापिता छुट्टिएका थिए । जसको कारण उनले पढाइ अधुरो रहन पुग्यो । दीपिका पादुकोणले पनि स्कुलको पढाइ सकाएकी छिन् । अभिनेत्री करिश्मा कपूरले पनि केवल ६ कक्षासम्म पढेकी थिइन् । आलिया भट्टले पनि विद्यालयको भन्दा माथिल्लो तहको अध्ययन गरेकी छैनन् ।

त्यसैगरी काजोलले पनि आफ्नो पढाइ विद्यालयको अध्ययनमै रोकेकी थिइन् । कंगना रनौतले १२ कक्षामा फेल भएपछि पढाइ छाडेकी थिइन् । अर्जुन कपूर पनि १२ कक्षामा फेल भएका नायक हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ