arrow

स्वर्गिय पिता र माताको पुण्य स्मृतिमा शैक्षिक सामाग्री प्रदान

logo
प्रकाशित २०७५ चैत २९ शुक्रबार
sahayog8.jpg

पाँचथर । स्वर्गिय पिता हरिचरण अधिकारी र भद्रमाँया अधिकारीको पुण्य स्मृतिमा पाँचथरको फिदिम नगरपालिका ७ स्थित रानीटारमा रहेको अरनिको आधारभूत विद्यालयमा अध्ययनरत विपन्न र अभिभावक बिहिन वालवालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।

फल्याश फाउण्डेशन फिदिमको आयोजनामा नेपाल अलैँची ब्यवसायी महासंघका उपाध्यक्ष नरेन्द्र अधिकारीले त्यस विद्यालयमा अध्यनरत ९३ जना विद्यार्थीहरुलाई कापी,डटपेन र पेन्सिल वितरण गरेका हुन्। वितरण पश्चात वोल्दै उनले वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरणले सहज हुने बताए ।

शैक्षिक सामाग्री प्रदान पश्चात कार्यक्रममा फाउण्डेशनका अध्यक्ष प्रदिप बास्कोटा,बिएससी एफ.एम.९१.८ मेगाहर्जका प्रवन्ध निर्देशक जितेन्द्र भण्डारी,विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष उदय बहादुर थेगिम,प्रधानाध्यापक कृष्ण न्यौपाने लगायतले मनतब्य ब्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ