arrow

को–पाइलट सन्तोषको ‘सिर्जना र सम्झना’ सार्वजनिक

logo
प्रकाशित २०७५ चैत २९ शुक्रबार
pilot-plane-cartoon.jpeg

काठमाडौँ  ।हवाई दुर्घटनामा निधन भएका को पाइलट सन्तोष रानाले रचना गरेको गीतको एल्बम ‘सिर्जना र सम्झना’  सार्वजनिक गरिएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले बिहीबार उक्त गीतिएल्वम सार्वजनिक गर्दै रानाले आफ्नो जीवनको छोटो अवधिमा समाज र राष्ट्रलाई पुर्‍याएको योगदान भुल्न नसकिने बताए।

सन्तोषका बुवा तथा नेकपाका नेता दलबहादुर रानाले सानो छँदा नै छोराले लेखेका रचनालाई सङ्कलन गरेर गीति एल्बमका रुपमा सबैका हातमा पुर्‍याउन पाउँदा खुशी लागेको बताए। उक्त एल्बममा सन्तोषले  ‘तिमी हाँसेको देख्दा’, ‘धिपधिप बत्तीसँगै’ र ‘तिम्रो उचाइ आकाश’ लगायत तीन गीत रचना गरेका छन् ।

छ गीत रहेको उक्त एल्बमका अन्य तीन  गीतमा  भावेश भुमरीका रचना छन् । उक्त एल्बमका छ गीतमा  थुप्देन भुटिया, महेश सेवा,  स्वरुपराज आचार्य, कृष्णभक्त राई, कर्मग्याल्छेन बम्जन, बालिका प्रधान र निखिता थापाले स्वर दिनु भएको छ ।  एल्बममा रहेका तीन  गीतको भिडियो समेत बनाइएको छ । विसं २०७३ मा को–पाइलट सन्तोषको हवाई दुर्घटनामा निधन भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ