arrow

संजयले ल्‍याए ‘कसरी भनु म’को म्‍यूजिक भिडियो

logo
प्रकाशित २०७५ चैत २९ शुक्रबार
sanjay-chaudhary.jpg

काठमाडौं । नेपाली सांगीत आकाशमा विगत एक दशकभन्दा लामो समयदेखि पाइला चालेका युवा सञ्‍चारकर्मी तथा गायक सञ्‍जय चौधरीले नयाँ म्यूजिक भिडियो ल्‍याएका छन्।

सामाजिक सञ्जाल युट्युवमार्फत उनले ‘ कसरी भनु म’ बोलको नयाँ म्‍युजिक भिडियो ल्‍याएका हुन।

उक्त गीतमाको शब्द रचना अजय शमशेर राणा र संजय चौधरीको रहेको छ भने संगीत पनि गायक चौधरीकै रहेको छ। उनीहरुसँगै र्‍यापर अदा ब्वायले गाउन साथ दिएका छन्।

मदन शमशेर राणाले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा विष्णु लामा, जसमिन र पूजाले मोडलिङ गरेकी छिन्। गीतलाई रिभिल इन्टरटेनमेन्ट र बिजी इन्टरटेनमेन्टले बजारमा ल्‍याएको हो।

यसअघि संजयले 'डुबाइ डुबाइ',“तिमी आयौ, तिमी आयौ, ‘गल्ती मेरो छैन“ र “तिमीले यो के गरेको’ जस्ता चर्तित गीतहरु दर्शक सामू पस्किसकेका छन्।

इथोस व्याण्डसँग समेत आवद्ध रहेका संजय हाल घोङ्ही डटकमका संस्थापकको रुपमा कार्यरत छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ