arrow

विवाह प्रस्ताव विशेष बनाउन युवकले गरे ७ हजार किलोमिटरको यात्रा

logo
प्रकाशित २०७५ चैत २९ शुक्रबार
map1.jpg

काठमाडौं । जापानका एक युवकले प्रेमिकासँग विवाहको प्रस्ताव गुगल अर्थको सहयोगमा जापानको नक्सामा ‘म्यारी मी’ ड्रइंग गरेर दिएका थिए । यसका लागि उनले जीपीएसको प्रयोग गरेका थिए । साथै उनले ६ महीनामा ७ हजार किलोमिटरको यात्रा गरेका थिए ।

उनको यस किसिमको अनौठो तरिकालाई गिनिज बुकले सबैभन्दा ठूलो जीपीएस ड्रइंग बताउँदै उक्त रेकर्डमा सामेल गरेको हो । जब उसकी गर्लफ्रेन्डलाई यो कुरा थाहा भयो, तब उनले यो विवाह अस्वीकार गर्न सकिनन् ।

गुगलले ट्वीट गर्दै यो अप्रत्याशित कहानीको जानकारी दिएको हो । टोकियोमा बस्ने यासुशी ताकाहाशी उर्फ यासान २००८ मा नात्सुकीमा बस्ने आफ्नी गर्लफ्रेन्डलाई प्रस्ताव राख्न चाहन्थे । तर, उनको इच्छा यो अवसरलाई यादगार बनाउनु थियो । यसका लागि उनले १० वर्ष अनुसन्धान गरेका थिए ।

 उनले गुगल अर्थ र स्ट्रिट भ्युका साथ जीपीएस आर्ट बनाएका थिए । यसपछि उनले यसलाई आफ्नो विवाहमा सामेल गर्ने निर्णय गरेका थिए ।

यासानले जापानको नक्सामा म्यारी मी लेखेर मुटुको ड्रइंगका लागि पहिला नै रुट तय गरेका थिए । सोही रुटमा उनले यात्रा गरेका थिए र यसका लागि उनले जीपीएस डिभाइस  पनि साथमा राखेका थिए । त्यसपछि उनले यो रुटलाई म्यापिङ टूल गुगल अर्थमा अपलोड गरेका थिए । यसमा जापानको पूरा नक्सा देख्न सकिन्छ ।

यसका लागि यासानले आफ्नो नोकरी पनि छाडेका थिए । उनले होक्काइडो टापुदेखि आफ्नो यात्रा शुरु गरेर कागोशिमाको तटमा पूरा गरेका थिए । ६ महीनामा उनले करीब ७ हजार किलोमिटरको यात्रा गरेका थिए ।

यासानकी गर्लफ्रेन्डले आफूले कहिल्यै पनि आफ्नालागि कसैले यस्तो पनि गनैसक्छ भनेर नसोचेको बताएकी छिन् । उनले आफ्नो प्रेम विश्वको सबैभन्दा महान् रहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ