arrow

विकिलीक्सका संस्थापक असान्जेले कसरी ह्याक गरेका थिए अमेरिकी रक्षा विभागको डाटा ?

असान्जेको प्रत्यार्पण किन चाहन्छ अमेरिका ?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७५ चैत ३० शनिबार
julian-assange-wikileaks.jpg

काठमाडौं । विकिलीक्सका संस्थापक जुलियन असान्जलाई बिहीबार लण्डनमा इक्वाडोरको दूतावासबाट प्रहरीले पक्राउ गरेको छ । पछिल्लो सात वर्षदेखि शरण दिइरहेको इक्वेटरले अब शरण दिन नसक्ने बताएपछि उनी पक्राउ परेका हुन् । असान्जले २०१२ देखि त्यो दूतावासमा शरण लिएका थिए । बिहीबार असान्जलाई वेस्टमिन्स्टर कोर्टमा पेश गरिएको छ । जहाँ उनी कोर्टको सामु आत्मसमर्पण नगरेकोमा दोषी देखिएका छन् । 

असान्जले अमेरिकी सरकारसँग जोडिएको एक सनसनीपूर्ण खुलासा गरेका थिए । त्यसपछि उनी विरुद्ध अमेरिकी सरकारको विरुद्ध षड्यन्त्र गरेको आरोप लाग्ने गरेको छ । अमेरिकी न्याय विभागले असान्जले पूर्व अमेरिकी इन्टिलिजेन्स विश्लेषक चेल्सी मेनिङ्गको मद्दतबाट गोपनीय दस्तावेज डाउनलोड गरेको आरोप समेत लगाएको छ । यदि असान्जमाथि लागेको यो आरोप प्रमाणित भयो भने अमरीकामा उनलाई ५ वर्षसम्मको जेल सजाय हुनसक्छ । 

ब्रिटेनको सरकारले पनि जुलियन असान्जलाई प्रत्यर्पणको मञ्जुरी मागिरहेको छ । तर, असान्जका वकिल जेनिफर रबिन्सनले भने कि उनी यस प्रत्यर्पणको विरोध गर्नेछन् । उनले भने, ''म प्रत्यर्पणको मागको विरुद्ध छु । यदि कोही पत्रकारले अमेरिका विरुद्ध दस्तावेजमार्फत् सच्चाई सामने ल्याइदिन्छ भने उसले अमेरिकी सरकारको आरोप झेल्नु पर्ने ?  यसले एउटा खतरनाक नजीर बस्नेछ ।'' असान्जले पहिले नै पनि भनिसकेका छन् कि यदि उनी दूतावासबाट बाहिर निस्किए भने उनको प्रत्यर्पण हुनसक्छ । 

ब्रिटेनका गृह सचिव साजिद जाविदले ट्वीट गर्दै भनेका छन् कि, "म यसबारेमा पुष्टि गर्न सक्छु कि जूलियन असान्ज पुलिस हिरासतमा छन् र यस समय ब्रिटेनमा कोर्टको कारवाईको सामना गरिरहेका छन् ।"इक्वाडोरका राष्ट्रपतिले भने कि अन्य देशहरुको आन्तरिक मामलमा हस्तक्षेप गरेका कारण असान्जको व्यवहारलाई लिएर हाम्रो देशको धैर्य टुट्यो । मोरेनोले भने, "ताजा मामला जनवरी २०१९ को हो । जब विकीलीक्सले भ्याटिकनको दस्तावेज लीक गरेको थियो ।" उनले भने, "यो र अन्य प्रकाशनहरुको माध्यमबाट दुनियाँमा सन्देह स्पष्ट भएको छ कि असान्ज अहिले पनि विकिलीक्ससँग जोडिएका छन् ।"

असान्जको प्रत्यर्पण किन चाहन्छ अमेरिका ?

असान्जले २००६ मा विकिलीक्सको स्थापना गरेका थिए । यसको उद्देश्य गोपनीय दस्तावेज र तस्वीरहरु प्रकाशित गर्नु थियो । विकिलिक्सले चार वर्षपछि एक फुटेज जारी गरे जसमा अमेरिकी सैनिक इराकमा हेलिकप्टरबाट आम नागरिकहरुको हत्या गरिरहेका थिए । यस खुलासामा उनलाई साथ दिने अमरीकी विश्लेषक चेल्सी मेनिङ्गलाई२०१० मा अमेरिकाले गिरफ्तार गरेको छ । उनीमाथि आरोप लगाइएको थियो कि ७ लाख गोपनीय दस्तावेज, भिडियो र डिप्लोम्याटिक केबलको खुलासा एन्टी सिक्रेसी वेबसाइटको साथ मिलेर गरेको ।  

चेल्सीका अनुसार उनले यस्तो यसकारण गरेका थिए कि अमेरिकाको विदेश नीतिमाथि बहस शुरु होस् तर अमेरिकाले भने यसले कैंयौं अमेरिकीहरुको ज्यान खतरामा पारेको आरोप लगाइएको छ । चेल्सीकै सहयोगी अझै अमेरिकाको हातमा नआइपुगेकोले त्यस्ता खतरनाक ह्याकरलाई अमेरिका आफ्नै निगरानीमा राख्न चाहन्छ । ताकि यसपछि उनले जेल भित्रै पनि अरु डाटा ह्याक गर्न नसकुन् । 

पछिल्लो वर्ष भर्जिनिया राज्यमा जारी गरिएको असान् विरुद्धको अभियोगमा आरोप लगाइएको छ कि उनले २०१० मा मैनिङ्गको रक्षा विभागको गोपनीय जानकारी हाँसिल गर्ने प्रयास गरेका छन् । अभियोगका अनुसार मेनिङ्गले जनवरी र मे २०१० कोबीचमा अमेरिकी विभागहरु र एजेन्सीहरुमार्फत् चार डेटाबेस डाउनलोड गरेका थिए । यसले विकिलीक्सलाई चर्चित गरायो । अमेरिकाको न्याय विभागले यसले "संयुक्त राज्य अमेरिकाको इतिहासको सबैभन्दा बढी गोपनीय जानकारीमाथि आक्रमण भएको मामला बताएको छ । 

अभियोगको आरोप छ कि कम्प्यूटरमाथि पासवर्डलाई क्र्याक गरियो र सबै डकुमेन्ट चोरियो । चेल्सी मेनिङ्गले यी दस्तावेजहरुको लागि एक प्रकारको लग अन गरे । ताकि जाँचकर्ताहरुको लागि खुलासाको स्रोतलाई तय गर्न कठिन होस् । 
अनुबाद बिबिसी हिन्दीबाट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ