arrow

गुगल पिक्सल र वानप्लसको कारण घटे सामसुङका प्रयोगकर्ता 

logo
एजेन्सी
प्रकाशित २०७५ चैत ३० शनिबार
google_pixel.jpg

काठमाडौं । अमेरिकाको स्मार्टफोनको बजारमा गुगल पिक्सल र वानप्लस, सामसुङ ब्राण्डको कडा चुनौती दिएको देखिएको छ । सन् २०१८ को अन्तिम ३ महीनामा गुगल पिक्सल र वानप्लस खरिद गर्नेमध्ये एक तिहाइ मानिसहरु पहिला सामसुङका प्रयोगकर्ता थिए । 

काउन्टर प्वइन्टको प्रतिवेदनअनुसार गुगलको पछिल्ला उत्पादनले भेरिजोनका प्रमुख बजारमा कब्जा जमाएको छ । गुगलले आफ्नो बजारीकरणको लागि उल्लेख्य रकम खर्च गरेको छ । जसको प्रभाव उसको  व्यापारमा देखिएको छ । 

पिक्सल र वानप्लस टी दुवै उत्पादनको मागले बजार अब केही नयाँ चाहन्छ भन्ने कुराको पुष्टि गरेको विश्लेषकले बताएका छन् । यस्तोमा एप्पल र सामसुङको विकल्पको खोजीमा मानिसहरु रहेको उनीहरुको भनाइ छ । 

२०१८ को  अक्टोबरदेखि डिसेम्बरसम्म भेरिजोनको समग्र व्यापारमा गुगल पिक्सलको हिस्सा ७ दशलमव ३ प्रतिशत र वानप्लस ६टीको २ दशमलव ४ प्रतिशत थियो । प्रतिवेदनअनुसार गुगल पिक्सल किन्ने ५ ग्राहकमा एक पहिला एप्पलका प्रयोगकर्ता थिए । प्रतिवेदनअनुसार ३१ पिक्सल ३ किन्ने ३१ प्रतिशत ग्राहक पहिला सामसुङ ग्यालेक्सी एस७ प्रयोग गर्थे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ