arrow

पहिलो निजी चन्द्रमाको अभियान असफल, सतहमा उत्रिँदा दुर्घटना 

logo
एजेन्सी
प्रकाशित २०७५ चैत ३० शनिबार
moon1.png

काठमाडौं । इजरायली निजी कम्पनीको पहिलो चन्द्रमाको अभियान असफल भएको छ । इजरायली कम्पनीको बेरेशीट नामको यान बिहीवार चन्द्रमाको सतहमा उत्रिने क्रममा दुर्घटनामा परेको हो ।

यसलाई इजरायलको निजी कम्पनी स्पेसियलले एलन मस्कको स्पेस एक्सको फाल्कन–९ रकेट फेब्रुअरी २१ मा पृथ्वीबाट उडेको थियो । यो यान ४ अप्रिलमा चन्द्रमाको कक्षामा प्रवेश गरेको थियो ।  यो विश्वको पहिलो निजी चन्द्रमाको अभियान हो  । 

यदि यो अभियान सफल भएको  खण्डमा इजरायल सोभियत संघ, अमेरिका र चीनपछि चन्द्रमामा विमान उतार्ने चौथो देश बन्ने थियो ।  भारतले पनि यसअघि अन्तरिक्ष यान चन्द्रमामा पठाएको थियो तर उत्रिन भने सकेको थिएन । 

बिहीबार भएको विमान दुर्घटनाको कारण भने इन्जिनमा देखिएको समस्या रहेको बताइएको छ । उक्त प्रविधिमा देखिएकोे समस्याको कारण यसको ब्रेकिङ सिस्टममा बिग्रिएको देखिएको थियो । 

यो चन्द्रमाको सतहभन्दा करीब १० किलोमिटरको दूरीमा रहेको अवस्थामा यसको पृथ्वीसँगको सम्पर्क टुटेको थियो । यससँगै यो विमान दुर्घटना भएको हो । यो मिसनका प्रमुख निकै महत्वपूर्ण अवस्थाको नजिक पुगेर पनि असफल भएको भन्दै दुःख व्यक्त गरे । 

इजररायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पहिलोपटक असफल भए पनि आगामी दिनमा इजरायल चन्द्रमाको मिसनमा सफल हुने विश्वास व्यक्त गरे । सन् २०११ मा यो कम्पनीको स्थापना भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ