arrow

दुई वर्षमा चार गुणा बढ्यो जुकरवर्गको सुरक्षा खर्च

logo
एजेन्सी
प्रकाशित २०७५ चैत ३० शनिबार
facebook-mark-zuckerberg-0069.jpg

काठमाडौं । सन् २०१८ मा फेसबुकका सीईओ मार्क जुकरवर्गको सुरक्षा खर्च २ करोड २६ लाख डलर अर्थात् करीब २ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । कम्पनीले शुक्रवार दिएको जानकारी अनुसार   यो रकम सन् २०१६ मा उनले पाएको रकमभन्दा ४ गुणा बढी हो । गत वर्ष जुकरवर्गको सुरक्षा खर्च सबैजसो क्षेत्रमा बढेको थियो ।

सन् २०१७ मा जुकरवर्गको सुरक्षा खर्च ९१ लाख डलर थियो । सन् २०१८ मा उनले व्यक्तिगत सुरक्षाको लागि १ करोड डलर पाएका थिए । त्यसका साथै यस वर्षका लागि १ करोड डलर व्यक्तिगत सुरक्षाको लागि प्रदान गरिएको थियो । 

यसबाट जुकरवर्ग र उनको परिवारको व्यक्तिगत सुरक्षाको लागि खर्च हुनेछ । जुकरवर्गले २०१७ मा सुरक्षाको लागि ७६ लाख  रकम पाएका थिए । सन् २०१६ मा भने उनले ५१ लाख रकम यसका लागि पाएका थिए । गत वर्ष फेसबुक विभिन्न मुद्दामा मुछिएसँगै कम्पनीका सीईओको सुरक्षा खर्च पनि बढेको हो । 

जुकरवर्गले सुरक्षा तलबमार्फत् पाउने सबै रकम सुरक्षाको लागि भने खर्च हुँदैन । गत वर्ष उनले २६ लाख डलर निजी विमानको व्यक्तिगत प्रयोजनका लागि खर्च गरेका थिए । फेसबुकमा देखिएको विभिन्न मुद्दाको कारण कम्पनीका प्रमुख अधिकारीमाथि जोखिम रहेको बताइँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ