arrow

मेसी, नेमार र सुआरेजले बार्सिलोनालाई लगे च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

logo
प्रकाशित २०७२ चैत ४ बिहिबार
neymar--messi.jpg.jpeg
एजेन्सी । स्पेनिश शीर्ष क्लब बार्सिलोना र र जर्मन क्लब बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुगेका छन् । बुधबार राति प्रि–क्वार्टरफाइनल दोस्रो लेगको आ–आफ्नो खेलमा जित हासिल गर्दै यी दुई अन्तिम आठमा पुगेका हुन् । 
बार्साले इङ्गलिश क्लब आर्सनललाई ३–१ ले हरायो ।
 
बार्साको जितका लागि स्टार खेलाडी लियोनल मेसी, नेमार र लुइस सुआरेजले एक–एक गोल गरे । नेमारले खेलको १८औं मिनेटमै गोल गरे । ५१ औं मिनेटमा आर्सनलका मोहमद एल्निनेले गोल फर्काउँदै १–१ को बराबरी गरे । ६५औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए । ८८औं मिनेटमा लियोनल मेसीले गोल गर्दै जित सुनिश्चित गरे । 
 
पहिलो लेगको खेलमा २–० ले पराजित भएको आर्सनल समग्रमा ५–१ ले पराजित भयो । हारसंगै आर्सनल प्रतियोगिताबाट बाहिरिएको छ । अर्को खेलमा इटालियन क्लब युभेन्टसलाई ४–२ ले हराँउदै जर्मन क्लब बायर्न म्युनिख क्वार्टरफाइनलमा पुग्यो । बायर्नले समग्रमा ६–४ को जित निकाल्यो ।  
 
योसंगै च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा पुग्ने टोलीको टुंगो लाग्दै क्वार्टरफाइनल समीकरण पूरा भएको छ । स्पेननिश तीन टोली बार्सीलोना, रियाल मड्रिड र एथ्लेटिको मड्रिड क्वार्टरफाइनलमा पुगेका छन् । जर्मन दुई टोली बायर्न म्युनिख र उल्फवर्गले अन्तिम आठमा ठाँउ बनाए । उना, फ्रेन्च क्लब पेरीस सेन्ट जर्मेन, इङ्गलिश क्लब  म्यान्चेस्टर सिटी र पोर्चुगिज क्लब बेनिफीका क्वार्टरफाइनलमा पुगे । केही शीर्ष क्लब भने पछारिएका छन् । 
Messi and Mesut Ozil shake hands ahead of kick-off in the second leg of the Champions League last-16 clash at the Nou Camp
 
Barcelona star Messi heads out the tunnel at the Nou Camp accompanied by a mascot ahead of the game
 
Messi pulled the ball out of the sky with a brilliant touch before volleying an effort from close range but found David Ospina in his way
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ