arrow

राख्ला त अन्तरिक्षमा हवाईजहाजले स्याटेलाइट ?

विश्वको सबैभन्दा ठूलो विमानको पहिलो उडान

logo
प्रकाशित २०७६ वैशाख १ आइतबार
stratolaunch.jpg

काठमाडौं । विश्वको सबैभन्दा ठूलो विमान स्ट्रेटोलन्जले शनिबार क्यालिफोर्नियामा पहिलो उडान भरेको छ । यसको परीक्षण साढे दुई घण्टा गरिएको थियो । यसमा ६ ओटा बोइङ ७४७ इन्जिनको प्रयोग गरिएको छ ।

विमानको पंखा एक फुटबल मैदानभन्दा पनि ठूलो क्षेत्रमा फैलिएको छ । यो विमानलाई स्केल्ड कम्पोजिट्स इन्जिनियरिङ्ग कम्पनीले तयार पारेको हो ।

यो विमानले रकेट र स्याटेलाइट अन्तरिक्षको कक्षसम्म पुर्‍याउन सहज हुनेछ । अहिले टेकअफ रकेटको सहयोगमा स्याटेलाइटलाई अन्तरिक्षको कक्षमा राखिन्छ । यदि यो विमानको सहयोगमा स्याटेलाइट कक्षमा राख्न सकिएको खण्डमा यो उपयुक्त विकल्प हुनेछ । साथै स्याटेलाइट राख्ने खर्च पनि कम हुनेछ ।

यो दुई एयरक्राफ्ट भएको विमान हो, जुन आपसमा जोडिएको छ । यसमा ६ इन्जिनको प्रयोग गरिएको छ । पंखाको लम्बाई करीब ३ सय ८५ फिट छ ।

विमान पहिलो उडानमा १७ हजार फिटको उचाइसम्म पुगेको थियो । यो क्रममा विमानको गति १ सय ७० माइल प्रतिघण्टा रहेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ