arrow

विश्वकप टि–२० मा पाकिस्तान र वेष्ट इन्डिजको शानदार विजय

logo
प्रकाशित २०७२ चैत ४ बिहिबार
chris-Gayle.jpg.jpeg
एजेन्सी । भारतमा जारी विश्वकप ट्वेन्टी–२० क्रिकेटको सुपर टेन खेलमा पाकिस्तान र वेष्ट इन्डिजले विजयी सुरुवात गरेका छन् । मुम्बइमा बुधबार राती भएको खेलमा वेष्ट इन्डिजले इङ्गल्याण्डविरुद्ध ६ विकेटको शानदार जित निकाल्यो । टस हारेर पहिले व्याटिङ गरेको इङ्गल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्रै बनाउन सक्यो । उसका लागि जो रुटले ४८, जोस बट्लरले ३० तथा एलेक्सले २८ रन बनाए । 
 
जवाफमा १ सय ८७ रनको चुनौती वेष्ट इन्डिजले १८ ओभर १ बलमै मात्र ४ विकेटको क्षतिमै पार गर्न सफल भयो । वेष्ट इन्जिजका लागि क्रिस गेलले विष्फोटक व्याटिङ गर्ने क्रममा ४८ बलमै अविजित शतक प्रहार गरे  । यस्तै, मार्लन स्यामुएल्सले ३७ रनको योगदान गरे । यसअघि, वुधबार कोलकातामा भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ५५ रनले हरायो । २ सय २ रनको चुनौती पछ्याएको बंगलादेश ६ विकेट गुमाएर १ सय ४६ रनमै समेटिएपछी पाकस्तिानले विजयी सुरुवात गरेको हो । 
 
बंगलादेशका लागि सकिव अल हसनले अविजित ४० बलमा ५० रन बनाए पनि अन्य व्याट्सम्यान क्रिजमा खासै जम्न सकेनन् । पाकिस्तानले टस जितेर पहिले ब्याटिङ रोज्दै ५ विकेटको क्षतिमा २ सय १ रन जोडेको थियो । पाकिस्तानका लागि मोहम्मद हाफिजले ६४, अहमद शेहजादले ५२ तथा शाहीद अफिद्रीले ४९ रन बनाए । यस्तै, विश्वकप क्रिकेट अन्तर्गत सुपर टेनकै खेलमा विहिबार अफगानिस्तान र श्रीलंका भिड्दै छन् । खेल साँझ ७ः४५ बजेपछी कोलकातामा हुनेछ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ