- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुल अंक तालिकामा पुनः शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा चेल्सीलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुल पुनः शीर्ष स्थानमा फर्किएको हो ।
घरेलु एन्फिल्डको मैदानमा लिभरपुललाई जित दिलाउन साडियो माने र मोहमद सलाहले एक एक गोल गरे ।
दुई मिनेटको अन्तरमा माने र सलाहले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ औं मिनेटमा मानेले गोल गर्दै अग्रता दिलाए । त्यसपछि ५३ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई जिताए ।
जितसंगै म्यानचेस्टर सिटीलाई २ अंकले पछि पार्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो । लिभरपुलले ३४ खेलबाट ८५ अंक जोडेको छ । एक खेल कम खेलेको सिटीको ८३ अंक छ ।
सिटीले आइतबार राति नै क्रिष्टल प्यालेसलाई उसकै मैदानमा ३–१ ले हराएको छ । सिटीका लागि रहिम स्टर्लिङले २ तथा गाब्रियल जिससले १ गोल गरे । क्रिस्टलका लागि लुकाले एक गोल फर्काए ।
लिगमा ६७ अंकको टोटनह्याम तेस्रो तथा ६६ अंकको चेल्सी चौथो स्थानमा छ ।