arrow

'ड्रीम गर्ल' का लागि भोट माग्दै धर्मेन्द्र

logo
प्रकाशित २०७६ वैशाख २ सोमबार
hema.jpg

काठमाडौं । बलिउड अभिनेता धर्मेन्द्र लोकसभा चुनावका कारण मथुरामा छन् । धर्मेन्द्र बलिउड 'ड्रीम गर्ल'  श्रीमती हेमा मालिनीको लागि चुनाव प्रचार गरिरहेका छन् । धर्मेन्द्र चुनाव प्रचारमा लागेपछि हेमा मालिनीले खुशी हुदै ट्विटरमा तस्विर अपलोड गरेकी छन् । मथुरामा धर्मेन्द्र १४ अप्रिलमा सौंख, अवैरनी र बाजनामा सम्बोधन गरेका छन् ।  

हेमा प्रचारमा निस्कनु भन्दा पहिले एक तस्विर ट्वीट गरेकी थिइन् । जसमा उनि धर्मेन्द्रको अँगालोमा बाधेकी थिइन् ।  फोटोको क्याप्शनमा हेमाले लेखिन्, 'आजको दिन मेरो लागि बिशेष छ । धरम जी आज मेरो तर्फबाट चुनाव प्रचारको लागि पुरा दिन मथुरामा रहनुहुनेछ। मथुरामा १८ अप्रिलमा मतदान हुनेछ।'

हेमा मथुरा लोकसभा सीटमा दोस्रो पटक चुनाव लड्दै छिन् । हेमाको प्रचारको लागि पुगेका धर्मेन्द्रले भने, 'मेरो मनले चाह्यो , यसकारण म चुनाव प्रचार गर्न आए ।' खेतिकिसानी गर्दै गरेको तस्विरको बिषयमा पनि धर्मेन्द्रले भने, 'हेरक मानिसको इच्छा हुन्छ सुनौलो खेतमा तस्विर खिचाउने ।'

केहि समयदेखि सञ्चारमाध्यममा धर्मेन्द्रको फार्म हाउसको तस्विर चर्चामा छ । पछिल्लो समय धर्मेन्द्र आफ्नो  फार्म हाउसमा सम्पुर्ण जिन्दगी बिताइरहेका छन् । उनि प्राय आफ्नो फार्महाउसको भिडियो खिचेर शेयर गरिरहेका हुन्छन् ।  

धर्मेन्द्रले खिचेका भिडियोमा उनको निजी जिन्दगीको झलक देखिन्छ । धर्मेन्द्रले फार्महाउसमा फलहरु लागेको चर्चा गर्छन् । धर्मेन्द्रले फार्ममा टमाटर र बैगुन पनि लगाएका छन् ।  धर्मेन्द्रले खेती गर्न मनपर्ने बताउदै भनेका थिए , 'खेती गर्नुको मज्जा साथै मिलेर काम गर्नुमा छ । यसमा काम गर्न र गराउने दुवैलाई आनन्द मिल्छ । उनले भनेका छन्, 'सृष्टिको काखमा उनको देन यस्तै कृपा रहिरहोस र सबैको माया मिलोस । म यसैमा खुशी छु ।'

अन्तिम पटक धर्मेन्द्र छोरा सनी र बबी देओलको चलचित्र 'यमला पगला दीवाना फिर से' मा देखिएका थिए । चलचित्रले बक्स अफिसमा खासै राम्रो गर्न सकेन ।

यो पनि पढ्नुहोस

किसान बने धर्मेन्द्र, भन्छन्- 'म यसैमा खुशी छु'

जितेन्द्र र हेमा मालिनीको विवाह, तब भाड्नलाई प्रेमिका लिएर पुगे धर्मेन्द्र

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ