arrow

विवाहपछि प्रियंका चोपडाको ठूलो खुलासा, भन्छिन्– मेरो पनि भएको थियो यौन शोषण

logo
प्रकाशित २०७६ वैशाख २ सोमबार
priyanka2.jpg

काठमाडौं । बलिउडबाट हलिउडसम्मको अभिनय यात्रा गरेकी प्रियंका चोपडा अहिले सफतलता हासिल गर्ने क्रममा छिन् । भर्खरै उनी १० औं वार्षिक महिला सम्मेलनमा सामेल भएकी थिइन् । यस क्रममा उनले आफू पनि यौन उत्पीडनको शिकार भएको बताएकी छिन् । उनले आफूलाई यस्तो भनिरहँदा कुनै धक नलागेको उल्लेख गरेकी छिन् ।

उक्त सम्मेलनमा विश्वभरका महिलालाई प्रभाव पर्ने किसिमका मुद्दाको विषयमा चर्चा भएको थियो । यस क्रममा उनले खुलेर आफ्नो राय राखेकी हुन् । उनले यौन उत्पीडनका घटनाबारे खुलेर बोल्नुपर्ने बताइन् । उनले पछिल्लो समय महिलाहरुले यस विषयमा खुलेर बोल्न थालेकोमा प्रशंसा गरिन् । महिलाहरुको सहयोगकै कारण आफूलाई सबैको अघि खुलेर बोल्नसक्ने भएको बताइन् ।

मीटू अभियानको क्रममा गत वर्ष बलिउडका धेरै ठूला हस्तीमाथि यौन शोषणको आरोप लागेको  छ । जसको कारण केही सेलिब्रेटीको फिल्मी उद्योगको यात्रा सकिएको थियो । यो अभियानमा नाना पाटेकर, साजिद खान, आलोक नाथ, विकास बहलसहित केही सेलिब्रेटीको नाम जोडिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ