arrow

शाहरुखकी छोरी सुहाना

logo
प्रकाशित २०७६ वैशाख ३ मंगलबार
suhana.jpg

काठमाडौं । बलिउडका अभिनेता शाहरुख खानकी छोरी सुहाना खानले सामाजिक सञ्जालमा साथीसँगको तस्विर सेयर गरेकी छन् ।  तस्विरमा सुहाना ओठमा रातो लाली र खुल्ला कपालमा देखिएकी छन् ।

शाहरुख खान छोरी सुहाना खानसँग मुम्बई एयरपोर्टमा देखिएका थिए । यस क्रममा शाहरुख कालो हरियो टी-शर्ट, कालो ट्राउजर देखिएका थिए ।  गौरीले यस भन्दा  पहदे छोरा आर्यन खान, अबराम खान र छोरी सुहानासँगको तस्विर शेयर गरेकी थिइन् ।

यसअघि सुहानाले इन्स्टाग्राममा दक्षिण कोरियन पप गायक किम जुन मियोनसँग डेटमा जान चाहेको बताएकी थिइन् । सुहानाले इन्स्टाग्राममा उनले आस्क मि एनिथिङ सेसनको क्रममा डेट जान चाहेको गायकको नाम लिएकी हुन् । उनले नाम लिएका गायकलाई सुहू नामले पनि चिनिन्छ । सुहानाले यी गायकको फोटोसमेत देखाउँदै यस्तो बताएकी थिइन् ।

सुहाना अहिले लण्डनमा आफ्नो कलाकारिताको पढाइ गरिरहेकी छिन् । आफ्नो पढाइ सकेपछि भारतीय फिल्ममा डेब्यू गर्ने तयारीमा छिन् ।

केही समयअघि शाहरुख खानले सुहानाको फिल्ममा डेब्यूको विषयमा बोल्दै शाहरुखले उनलाई केही वर्ष तालिमको आवश्यकता रहेको बताएका थिए । यस्तोमा सुहाना अहिले आफ्नो फिटनेसमा ध्यान दिइरहेकी छिन् । उनी आफ्नो आउटफिटलाई लिएर निकै चर्चित छिन् । बलिउडमा उनी कहिले डेब्यू गर्छिन् भन्ने कुरा अहिले धेरैको प्रतीक्षाको विषय बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ