arrow

शिक्षा ऐन संशोधन विधेयकमाथि दफावार छलफल सुरू

logo
प्रकाशित २०७२ चैत ४ बिहिबार
parlinment.jpg.jpeg
काठमाडौँ। शिक्षा ऐन, २०२८ लाई संशोधन गर्न बनेको विधेयक, २०७२ माथि महिला, बालबालिका ज्येष्ठ नागरिक र समाज कल्याण समितिमा आजदेखि दफावार छलफल सुरू भएको छ। समितिको बैठकमा आज दफा १ देखि ३ सम्म संशोधन प्रस्ताव राख्नुभएका सांसदले विधेयकमाथि आ–आफ्नो धारणा राखे।
 
नेकपा (एमाले) का सांसद रामहरि सुवेदीले स्थायी शिक्षकले पाएसरह औषधि उपचार सुविधा पाउने व्यवस्था थप गर्नुपर्ने र जति वर्ष सेवा अवधि व्यतीत भएको छ सबै वर्ष गणना गर्नुपर्ने प्रस्ताव गरेका छन्। त्यसैगरी, नेपाली काँग्रेसका सांसद महालक्ष्मी उपाध्याय डिनाले अबको शिक्षा ऐन कसरी शिक्षालाई गुणस्तरीय बनाउन सकिन्छ भन्नेतर्फ केन्द्रित हुनुपर्ने धारणा राखीन्।
 
एकीकृत नेकपा (माओवादी) का सांसद धनीराम पौडेलले विधेयकको दफा ३ रहेको ‘कक्षा १ देखि ८ सम्मको’ व्यवस्थाको सट्टा ‘कक्षा ८ सम्म’ बनाउनुपर्ने सुझाव दिएका छन्।  शिक्षामन्त्री गिरिराजमणि पोखरेलले धेरै लामो छलफलपछि शिक्षा ऐन २०२८ माथि संशोधन हुन लागेकाले त्यसलाई अड्काउनेतिर भन्दा पनि अगाडि बढाउनेतिर सहयोग गर्न आग्रह गरे। नयाँ शैक्षिक सत्र सुरू हुनुभन्दा अगाडि चैत महिनाभित्र नै संशोधन गर्ने गरी तयारी भइरहेको उनिहरुको भनाइ थियो।
 
समिति सभापति रञ्जुकुमारी झाले विधेयक महत्वपूर्ण र जरुरी भएका कारण पनि तीव्रताका साथ छलफल गरी अगाडि बढाउनुपर्नेमा जोड दिए। सो विधेयकमाथि थप छलफल गर्न भोलि बिहान बैठक राखिएको छ। राससशिक्षा ऐन संशोधन विधेयकमाथि दफावार छलफल सुरू
 
काठमाडौँ। शिक्षा ऐन, २०२८ लाई संशोधन गर्न बनेको विधेयक, २०७२ माथि महिला, बालबालिका ज्येष्ठ नागरिक र समाज कल्याण समितिमा आजदेखि दफावार छलफल सुरू भएको छ।
 
समितिको बैठकमा आज दफा १ देखि ३ सम्म संशोधन प्रस्ताव राख्नुभएका सांसदले विधेयकमाथि आ–आफ्नो धारणा राखे।
 
नेकपा (एमाले) का सांसद रामहरि सुवेदीले स्थायी शिक्षकले पाएसरह औषधि उपचार सुविधा पाउने व्यवस्था थप गर्नुपर्ने र जति वर्ष सेवा अवधि व्यतीत भएको छ सबै वर्ष गणना गर्नुपर्ने प्रस्ताव गरेका छन्।
 
त्यसैगरी, नेपाली काँग्रेसका सांसद महालक्ष्मी उपाध्याय डिनाले अबको शिक्षा ऐन कसरी शिक्षालाई गुणस्तरीय बनाउन सकिन्छ भन्नेतर्फ केन्द्रित हुनुपर्ने धारणा राखीन्।
 
एकीकृत नेकपा (माओवादी) का सांसद धनीराम पौडेलले विधेयकको दफा ३ रहेको ‘कक्षा १ देखि ८ सम्मको’ व्यवस्थाको सट्टा ‘कक्षा ८ सम्म’ बनाउनुपर्ने सुझाव दिएका छन्।
 
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले धेरै लामो छलफलपछि शिक्षा ऐन २०२८ माथि संशोधन हुन लागेकाले त्यसलाई अड्काउनेतिर भन्दा पनि अगाडि बढाउनेतिर सहयोग गर्न आग्रह गरे। 
नयाँ शैक्षिक सत्र सुरू हुनुभन्दा अगाडि चैत महिनाभित्र नै संशोधन गर्ने गरी तयारी भइरहेको उनिहरुको भनाइ थियो।
 
समिति सभापति रञ्जुकुमारी झाले विधेयक महत्वपूर्ण र जरुरी भएका कारण पनि तीव्रताका साथ छलफल गरी अगाडि बढाउनुपर्नेमा जोड दिए। सो विधेयकमाथि थप छलफल गर्न भोलि बिहान बैठक राखिएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ