- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अहिलेको समयमा केटीहरु आफूलाई राम्री देखाउन विभिन्न उपायको प्रयोग गर्ने गरेका छन् ।
खानाका साथै उनीहरु आफ्नो सौन्दर्यमा विशेष ध्यान दिन्छन् । तर, यहाँ एक यस्ती राजकुमारीको बारेमा वर्णन जो राम्री थिइनन् तर उनलाई चाहने धेरै थिए ।
धेरै देशका राजकुमारले उनलाई विवाहको प्रस्ताव गरेका थिए । केहीले त आत्महत्या पनि गरेका थिए ।
मानिस मनले सुन्दर हुनुपर्छ भन्ने कुरामा दुईमत छैन । यस्तै एक उदाहरण इरानी शाहीवंशकी राजकुमारीले दिएकी छिन् ।
उनी अन्य राजकुमारीको तुलनामा राम्री त थिइनन् तर उनी निकै गुणवान् र कलाकार थिइन् । यी फारसी राजकुमारीको पूरा नाम जहरा खानम तदज एस सल्टानेह थियो ।
उनी इरानका सबै महिलामध्येकी शिक्षित थिइन् । उनलाई १ सय ४५ देशका राजकुमारले विवाहको प्रस्ताव गरेका थिए । राजकुमारीले अस्वीकार गरेपछि १३ जनाले आत्महत्या गरेका थिए ।
जहराले आफ्ना प्रेमी फारसी राजा नासिर अल दीन शाहसँग विवाह गरेकी थिइन् । उनका दुई छोरा र एक छोरी थिए । राजाका ८४ पत्नी थिए तर जहरा सबैभन्दा विशेष थिइन् ।
राजा बाहिरी सौन्दर्यभन्दा पनि मानिस मनबाट राम्रो हुनुपर्छ भन्ने कुरामा विश्वास राख्थे ।