arrow

१२ वर्षदेखि एउटा ग्रहको नाम राख्ने प्रयासमा वैज्ञानिक, सम्भावित सबै भगवान्‌का नाम

सर्वसाधारणले पहिलो पटक ग्रहको नाम राख्ने पाउने

logo
प्रकाशित २०७६ वैशाख ३ मंगलबार
or10.jpg

काठमाडौं । वैज्ञानिकहरुले एक ग्रहको नाम राख्ने अवसर सर्वसाधारणलाई दिन चाहेका छन् । कोडनेम ओआर १० रहेको ग्रहको नाम वैज्ञानिकहरुले सर्वसाधारणलाई राख्न  दिन लागेका हुन् । खगोलीय पिण्ड पत्ता लगाउने वैज्ञानिकहरु नै त्यसको नाम राख्ने गर्दथे तर ओआर १० को नाम १२ बर्षसम्म पनि निर्धारण भएको छैन ।

ओआर १० लाई अनुसन्धानकर्ता मेग श्वांब, माइक ब्राउन र डेविड रेबिनोवित्जको टोलीले २००७ मा अन्तरिक्षको एक किनारामा स्थित कुइपर बेल्टमा पत्ता लगाएका थिए । सो बेल्टमा कयौ ठुला पदार्थ रहेका छन् । ओआर १०  सो स्थानको सबैभन्दा ठुलो ग्रह हो जसको नाम दिइएको छैन ।

जसको एक कारण इन्टरनेशनल एस्ट्रोनोमिकल यूनियन (अन्तर्राष्ट्रीय खगोल संघ) मा नाम दर्ता गर्नु पहिले केहि मापदण्ड पुरा गर्नुपर्ने हुन्छ । तीन वैज्ञानिहरुको नामबाट ग्रहको नाम रख्न पनि सम्भव छैन । यसैले तीनै खोजकर्ताहरुले सम्भावित नाम- गोङंगगोङ्ग, होले र विली नाम तय गरेका छन् ।

यी तीनै नामको उत्पत्ति भगवानहरुको नाममा आधारित छ । अनुसन्धानकर्ता अब  ग्रहको नाम जनता राखुन् भन्ने चहान्छन् । यसको लागि भोटिङ हुने भएको छ । भोटर्सले १० मे सम्म भोटिङ गर्न सक्नेछन् । जसको नामलाई सबैभन्दा ज्यादा भोट पाउनेछ त्यसलाई नै ग्रहको नामको लागि आईएयू सामु प्रस्तावित गरिनेछ ।

यससँगै ग्रहको नाम राख्ने सौभाग्य सर्वसाधारणले पाएका छन् । प्राय यो मौका ग्रहको खोजी गर्नेले पाउछन् । केहि ग्रहहरुको भने आधिकारिक नाम नदिइ साइन्टिफिक नामबाटै काम गर्ने गरिन्छ ।



नयाँ