arrow

स्वास्थ्यमा समायोजनको तरंगः २५ हजार कर्मचारी समायोजनमा, १५ हजार भन्दा बढी उजुरी

logo
प्रकाशित २०७६ वैशाख ४ बुधबार
health-ministry.jpeg

काठमाडौं । स्वास्थ्य सेवाका विभिन्न तहमा २५ हजार कर्मचारीको समायोजनको सूची सार्वजनिक भएपछि, स्वास्थ्य मन्त्रालयमा गुनासो टिपाउनेको भीड बढेको छ । 

स्वास्थ्य मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयमा गरी मंगलबार बेलुकासम्म १५ हजार भन्दा बढी गुनासो दर्ता भएको स्वास्थ्य मन्त्रालयका स्वास्थ्य आपतकालिन तथा प्रकोप व्यवस्थापन शाखाका प्रमुख चुडामणी भण्डारीले जानकारी दिए । 

समायोजनबाट मर्कामा परेकाहरुले गुनासो गर्नका लागि सरकारले बैशाख ५ गतेसम्मका लागि म्याद दिएकोमा ३ गतेसम्ममा १५ हजारभन्दा बढीले उजुरी दिएका हुन् । उजुरी दिने म्याद बिहिबारसम्मका लागि खुल्ला छ । सामान्य प्रशासनले स्वास्थ्य सेवाका २५ हजार कर्मचारीको समायोजन गरेको जनाएको छ ।

कर्मचारीलाई समायोजनमा जान निर्देशन दिएदेखि सरकारी चिकित्सकहरु आन्दोलनमा छन् । उनीहरुले सरकारलाई १५ दिनको समय दिएपनि सल्टाउन सकेको छैन । 

यसैवीच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मंगलबार आयोजित कर्मचारी समायोजन निर्देशक समितिको बैठकमा ३ महिना राम्रो अध्ययन र अभ्यास  गरेर मात्र सहज निकास दिनुपर्नेमा अधिकांशले जोड दिएका थिए ।  

समाायोजनका नाममा पूर्वबाट सुदुर पश्चिम, सुदुर पश्चिमबाट पूर्व गर्नुभन्दा नजिकको जिल्लामा खटाउनु राम्रो हुने मन्त्रालयका स्वास्थ्य आपतकालिन तथा प्रकोप व्यवस्थापन शाखाका प्रमुख भण्डारीले बताए । बैठकमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरु पनि थिए । उनीहरुले खासै बोल्ने जमर्को गरेनन् । 

समिति बैठकमा कर्मचारी समायोजनका क्रममा स्वास्थ्य सेवाका कर्मचारीको समायोजनमा देखिएका समस्याका विषयमा बृहत छलफल भएको थियो ।  

बैठकमा सहभागीले, प्रशासन सेवाका लागि बनाइएको सफ्टवेयर आफुहरुका लागि समेत प्रयोग गरेका कारण स्वास्थ्यको समायोजनमा समस्या आएको भन्दै आपत्ति जनाएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ