arrow

४८ एमपी क्यामेरा भएको ओपो एफ ११ प्रो बैशाखमा

logo
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
oppo11.jpg

काठमाडौं । ओपोले नेपालमा बैशाख ९ गते एफ ११ प्रो सार्वजनिक गर्ने घोषणा गरेको छ । ओपोले आफ्नो लोकप्रिय एफ सिरिज स्मार्टफोन अन्तर्गत ओपो एफ ११ र एफ ११ प्रो नेपालमा सार्वजनिक गर्ने तयारी गरिको हो ।  रियर क्यामेरा मार्फत ब्रिलियण्ट पोट्रेट लिन सघाउने सोचका साथ यसमा ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली उपलब्ध गरिएको छ ।  नयाँ फोनमा एफ सिरिज मातहतका उत्कृष्ट सेल्फी फिचरका साथै एफ११मा विभिन्न नवप्रबर्तनात्मक प्रविधिहरु सहित नयाँ राइजिङ क्यामेरा, पानारोमिक स्क्रिन र स्लिक ग्राडियण्ट डिजाइन लगायत सुविधापनि उपलब्ध गरिएका छन् ।

ओपोको शक्तिशाली क्यामेरा प्रविधि सुसज्जित एफ ११ र एफ११ प्रो दुबैमा एफ सिरिज अन्तर्गतको सर्वाधिक अत्याधुनिक क्यामेरा प्रणाली उपलब्ध छन् । विशेष परिस्कृत रियर क्यामेरा सहितका ओपो एफ ११ र एफ११ प्रोमा अल्ट्रा–हाई स्ट्याण्डर्ड ४८एमपी+५एमपी डुअल रियर क्यामेरा प्रणाली जडान गरिएको छ ।

साथै पर्याप्त प्रकाशका लागि यसमा एफ१.७९ एपर्चर, बल बियरिङ क्लोज्ड लुप भीसीएम, ६पी लेन्स र १-२.३ ईञ्च ईमेज सेन्सर्सपनि जडान गरिएका छन् । दिनको उज्यालोमा यी उपकरणले सहजै ४८ एमपी अल्ट्रा एचडी तस्विर खिच्न सक्छन् । कम प्रकाश भएका स्थानमा एफ११को टेट्रा सेल प्रविधिले चार एड्जासेन्ट पिक्सेलद्वारा संकलित डाटाको परिक्षण र सम्मिश्रण पश्चात १.६ माइक्रोमिटर बराबरको संयुक्त पिक्सेल निर्माण गर्छ । यसले फोटोसेन्सिटिभ पिक्सेलको आकारलाई दोब्बर बनाइ थप चहकिलो र कम न्वाइज सहितका नाइट पोट्रेट खिच्न सघाउँछ ।

एफ११ र एफ११ प्रो दुबैमा अल्ट्रा–क्लियर नाइट मोड र कलर म्यापिङ , विशेष स्मार्टफोन फोटोग्राफीकै लागि विकसित ओपोको सिष्टम लेभल अप्टिमाइजेशन सोल्युशन उपलब्ध गरिएको छ । यो प्रणालीले स्वचालित रुपमा खिच्न लागिएका दृष्यको पहिचान गरी निर्धारित अप्टिमाइजेशन सोल्यूनसंग मिलान गर्छ । अल्ट्रा–नाइट मोड मार्फत यसले पोट्रेट र ब्याकग्राउण्डको पहिचान गरी मुहारमा केन्द्रित हुँदै रातको समयमा खिचिएका पोट्रेटमा छालाको रंग मिलान गर्दै तस्विरलाई जीवन्तता प्रदान गर्छ ।

साथै, यसले बुद्धिमता पूर्वक समग्र न्वाइज घटाउने, अत्यधिक चमक भएमा हटाउने, गतिशील दायरामा सुधार गरी राती खिचिने तस्विरलाई थप स्पष्ट, प्राकृतिक र आकर्षक बनाउँछ । हार्डवेयर र सफ्टवेयरको उत्कृष्ट समायोजन मार्फत ओपो एफ११ र एफ११ प्रोले अदृतिय क्यामेरा क्षमता प्रदान गर्दै, यूवा उपभोक्तालाई जगत् तथा आफ्ना अविस्मर्णिय क्षणहरु रेकर्ड गर्न सक्षम तुल्याउँछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ