arrow

चीनसँगको व्यापार सुधार्दै एमेजन

logo
प्रकाशित २०७६ वैशाख ५ बिहिबार
Amazons-China.jpg

 चिनियाँ ।  एमेजनको चिनियाँ शाखाले आफ्नो चिनियाँ बजारमा देखिएको समस्यालाई उजागर गरी व्यापार वृद्धि गर्नका लागि आफ्ना गतिविधिलाई चिनियाँ बजारमा बढाउने सुधारको योजना बिहीबार सार्वजनिक गरेको छ ।

“विगत केही बर्षमा हामीले चिनियाँ अनलाइन खुद्रा बजारलाई मजबुत पार्न कसरतरत छौँ । बदलामो हाम्रा सामानको खरिद गर्ने चिनियाँ ग्राहकको सङ्ख्यामा निकै वृद्धि भएको छ,” एमेजनको चीन शाखाले एक विज्ञप्ति जारी गरी बताएको छ ।

एमेजनले आफ्नो सेवालाई एमेजन डट सिएनबाट दिँदै आएको थोक विक्री सेवालाई जुलाई १८ देखि लागु हुने गरी रोक्न लागेको यस पहिले जनाइसकेको छ ।

उसले विक्रेतालाई अनलाइनबाट नभै सिधा सम्पर्क र सम्वादमार्फत अघि बढाउने र एमेजनको सेवालाई सहज बनाउँदै आफ्ना ग्राहकसमक्ष पु¥याउने बताएको छ ।

उक्त कम्पनीले आफ्ना सेवालाई ‘एमेजन ग्लोबल सेलिङ’ मार्फत प्राप्त गर्न सकिने जनाएको छ ।

“सेवालाई चीनमा सहज बनाउने कुरालाई एमेजन प्रतिवद्ध रहेको छ,” कम्पनीले भनेको छ ।

“हामीले चीनमा लगानी गर्न र अघि बढ्न तथा आफ्नो बजार प्रवद्र्धनका लागि एमेजन ग्लोबल स्टोर, ग्लोबल सेलिङ, एमेजन वेब सर्भिसेज (एडब्लुएस) लगायतबाट हाम्रा सम्पूर्ण सेवालाई चीनमा प्रवाह गर्दै जानेछौँ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ