arrow

७५३ वटै स्थानीय तहमा फोरजी, लगानी २० अर्बको

सम्झौता अनुसार आउँदो माघ २० गतेसम्ममा सातै प्रदेशमा फोरजी सेवा विस्तार गर्नुपर्ने, एलटीई सेवा पुर्याउने टेलिकमको दाबी

logo
प्रकाशित २०७६ वैशाख ६ शुक्रबार
telecome.JPG

काठमाडौं । नेपाल टेलिकमले आउँदो माघसम्ममा मुलुकका सातै प्रदेश र हरेक स्थानीय तहमा चोरजी एलटीई सेवा विस्तार गरिने दाबी गरेको छ ।

फोरजी एलटीई सेवा विस्तारका लागि टेलिकमले चीनको जेडटीई कर्पोरेश कोर सहित हङकङको सीसीएसआई नेटवर्क पहिलो र दोश्रोसँग सम्झौता गरिसकेको छ । 

सम्झौता अनुसार आउँदो माघ २० गतेसम्ममा सातै प्रदेशमा फोरजी सेवा विस्तार गर्नुपर्नेछ । त्यसका लागि अहिलेसम्म स्थलगत सर्भेको काम ६५ प्रतिशत सकिएको, टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । तर यो सेवा विस्तारको काम लक्षित समयभन्दा एक वर्ष ढिला भइसकेको छ । 

नेपाल टेलिकमले हाल काठमाडौं र पोखरा लगायतका शहरका केही सिमित क्षेत्रमा दिएको फोरजी सेवा भन्दा अब विस्तार गरिने फोरजी एलटीई सेवाको गुणस्तर कैयौं गुना बढ्ने, प्रबन्ध निर्देशक दिल्लीराम अधिकारीले दाबी गरे ।

उनले भने ‘यो नयाँ सेवा लागु भएपछि, फोनमा कुरा गर्दा, छेउमा सँगै बसेर बात मारेकै जस्तो आभास हुन्छ’ । यो आयोजना पुरा भएमा, फोरजी सेवा ६५ लाख प्रयोगकर्ताले प्रयोग गर्नसक्ने छन् ।

हालको सेवा १० लाख प्रयोगकर्तासम्मका लागि मात्र उपलब्ध छ । तर यो सेवा प्रयोगका लागि कम्तिमा स्मार्ट फोन सेट चाहिन्छ । सबै स्मार्टफोनले फोरजी सेवा सपोर्ट नगर्न पनि सक्छ । 

फोजी एलटीई आयोजनाका लागि २० अर्बको लगानी गरिनेछ । यो रकमध्ये ६० प्रतिशत उपकरण, सरसामान र ४० प्रतिशत ढुवानी, जनशक्ति परिचालन लगायतमा खर्च हुने नेपाल टेलिकमले जनाएको छ । 

टेलिकमले मध्यपहाडी लोकमार्गमा पनि सेवा विस्तारका लागि हङकङ, चीन र कोरियाका कम्पनीहरुसँग सम्झौता गरेको छ । यो सेवा विस्तार आयोजना २ वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

के हो फोरजी एलटीई ?
फोरजी सेवाः फोर्थ जेनेरेशन (चौथो पुस्ताको) मोबाइल फोन प्रविधि हो । दोश्रो र तेस्रो पुस्ताको मोबाइल प्रविधिपछि चौथो पुस्ताको प्रविधि विकास भएको हो ।

टूजी सेवा सन् १९९० को दशकमा विकास भएको हो । यसमा डिजिटल फोन कल र टेक्ट पठाउन मिल्ने प्रविधिको विकास भएको थियो । 

सन् २००३ ताका आएको थ्रीजी सेवामा वेब पेज ब्राउज गर्न, भिडियो कल गर्न तथा संगीत र भिडियो डाउनलोड गर्ने सेवा थपियो । फोर जी प्रविधिमा थ्रीजीका सबै सुविधा उपलब्ध छन् । 

तर यो प्रविधिमा, थ्रीजीमा उपलब्ध सबै सुविधा तीव्र गतिमा उपलब्ध हुन्छ । यसको विषेता भनेको डाउनलोड र अपलोडको गति छिटो हुन्छ । विलम्ब घटाउँछ, छिटोछरितो हुन्छ र भोइस कल स्पष्ट हुन्छ । 

स्टाण्डर्ड फोजी अथवा फोरजी एलटीई (लङ टर्म इभोलुशन) को गति, थ्रीजी सेवा भन्दा ५ देखि ७ गुणा बढी हुन्छ ।

यसको गति प्रतिसेकेण्ड १५० एमबीसम्म हुन्छ । तर नेपाल टेलिकमले उच्च गति १३० सम्म पुग्ने जनाएको छ । 

फोरजी एलटीई सेवामा २ जीबीको हाइ डेफिनेशन चलचित्र ३ मिनेट २० सेकेण्डमा डाउनलाड गर्न सकिन्छ । तर यस्तै चलचित्र डाउनलोड गर्न थ्रीजी सेवामा २५ मिनेटभन्दा बढी लाग्न सक्छ । 

तर बेलायतका केही ठाउँहरुमा फोरजी एलटीइ एडभान्स्ड सेवा पनि आइसकेको छ ।

त्यसको गति प्रतिसेकेण्ड १.५ जीबी हुने भनिए पनि प्रतिसेण्ड ३०० एमबी भन्दा बढी नभएको भन्दै प्रयोगकर्ताको गुनासो आउने गरेको छ । नेपालमा पनि टेलिकमको सेवाबारे उपभोक्ताका थुप्रै गुनासा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ