arrow

बेनीमा ग्याँसको खुलेआम कालोबजारी, प्रशासन मुखदर्शक

logo
निर्मल खत्री।
प्रकाशित २०७२ चैत ५ शुक्रबार
Lp-gas-4.jpg.jpeg
म्याग्दी। भारतीय नाकाबन्दी खुलेको महिना दिन वितिसक्दा समेत बेनी बजारमा अझै सहज रुपमा खाना पकाउने ग्याँस उपलब्ध हुन सकेको छैन्। म्याग्दी जिल्लामा पटक–पटक खाना पकाउने ग्याँस भित्रने गरेको भएपनि अधिकाँश ग्याँस विक्रेताहरुले कालोबजारी गर्दा बजारमा सहज रुपमा ग्याँस वितरण हुन नसकेको हो। अर्कोतर्फ पहुँच वालाहरुले डिलरबाटै ग्याँस लिने र स्टक राख्ने कारणले पहुँच पुयाउन नसक्नेहरुको घरमा विहान बेलुका चुलो बल्न सकेको छैन्। 
 
विहिवार बेनीका ग्याँस डिलरहरुमा समेत त्यस्तै दबदबा देखियो। लाईनमा बसेका विद्यार्थि र महिलाहरु ग्याँस नै नपाईकन फर्किएको देखिन्थ्यो भने केही ठुलाबडाहरुले एकभन्दा बढी डिलरबाट ग्याँस लिन तछाँडमछाड गरिरहेका थिए। पछिल्लो पटक विहिवार जिल्लामा १ हजार बढी ग्याँस भित्रिएको छ। शक्ति कम्पनीको ग्याँस अधिकाँश विक्रेताहरुले गाडीबाट झारेको सबै ग्याँस उपभोक्तालाई विक्रि नगरीकन लुकाएपछि जिल्लामा ग्याँसमा कालोबजारी भएको आरोपलाई पुष्टि गरेको हो।
 
विहिवार बेनीका ६४ वटा ग्याँस डिलरमा १ हजार ७७ वटा ग्याँस झारेको भएपनि दिनभर बजारमा ग्याँस विक्रि गरेको अबस्था अबलोकन गर्दा भित्रिएको कुल संख्याको आधा ग्याँस समेत विक्रि नभएको पाईएको छ। अधिकाँश व्यापारीले ‘आधा बढी ग्याँस लुकाएर थोरै मात्रै बचेका छन, ग्याँस माग्दा बेलुकी पसलमा आउनु भन्छन, एक युवाले नाम नबताउने सर्तमा भने।’ उनका अनुसार बेनीमा लुकाएर १८ सय देखि २ हजार सम्ममा ग्याँस विक्रि हुने गरेको छ। 
 
डिलर नजिकका सर्वसाधारणको भनाईलाई आधार मान्ने हो भने केही ग्याँस विक्रेताले आफ्नो डिलरमा झारेको ग्याँस लुकाएर राती राती सिंगा, बावियाचौर, दरबाङ लगायतका स्थानमा पुर्‍याएर ३ हजारसम्ममा ग्याँस विक्रि गर्दै आएका छन्। विहिवार एकैदिन जिल्लामा भित्रिएको ग्याँसको मुल्य समेत फरक –फरक भेटिएको छ। केही विक्रेताले १४ सय २५ रुपैयाँमा विक्रि गरेको सोही ग्याँसलाई अधिकाँश विक्रेताले भने १६ सय रुपैयाँ सम्ममा खुलेआम विक्रि गरेको भेटियो। यसरी एकैदिन फरक–फरक मुल्यमा ग्याँस विक्रि हुनुले ग्याँसको खुलेआम कालोबजारी भएको पुष्टी गर्छ। यसरी जिल्लामा भित्रिएको ग्याँस समेत सबै विक्रि नगरीकन लुकाउने र बढी मुल्य लिएर विक्रि भईरहेपनि अनुगमनकारी निकाय प्रशासन भने ग्याँस विक्रि भएको समयमा बजारमा निस्कन समेत नसकी टुलुटुली हेरेर रमिते बनेको भन्दै उपभोक्ताहरुले चर्को आलोचना गरेका छन्। 
 
केही विक्रेताले गाडिबाट झारेको ग्याँस सडकबाटै सिधै उपभोक्तालाई लाईनमा राखेर वितरण गरेपनि अधिकाँशले पसलभित्र राखेर केही उपभोक्तालाई मात्रै वितरण गरेर बाँकी ग्याँस लुकाएको दिनभर ग्याँस वितरणको अबलोकन गरेका युवा नेता दिपक कार्की ‘बिखर्ची’ले बताए। ‘यति ठुलो परिमाणमा ग्याँस भित्रदा समेत बास्तविक उपभोत्ता सामु ग्याँस नपुग्नु दुखद हो, विद्यार्थि, विरामी, सुत्केरी भएका महिलाहरु ग्याँस नपाई फर्किएका छन, पहुँचवालाहरुले मात्रै ग्याँस पाएका छन, सम्बन्धित निकाएको यसतर्फ ध्यान जान जरुरी छ, उनले भने।’ 
 
कार्कीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेको एक टोलिले दिउँसो नै प्रमुख जिल्ला अधिकारीलाई ब्यवस्थित तवरले बास्तविक समस्यामा परेका उपभोक्तालाई ग्याँस वितरण गर्न माग गरेको थियो। यद्यपि प्रजिअ केशवराज आचार्यले ६४ वटा डिलरमा ग्याँस आएको कारण वितरण केही अब्यवस्थित हुन पुगेको बताए। टोलिले आजै बजार अनगुमन गरी लुकाएर ग्याँस राखेकाहरुलाई कारबाहीको माग गरेपनि प्रजिअ आचार्यले भने भोलि मात्रै बजार अनुगमनमा जान्छु भन्दै पन्छिएका थिए। 
व्यापारीले सिधै ग्याँस लुकाएर राख्न थालेपछि केही पसलमा उपभोत्ता र व्यापारीविचमा झण्डै झडपको स्थिति समेत सृजना भयो। प्रशासनको बेवास्ताको कारण व्यवसायिहरुले मनोमानी गर्दा वास्तविक उपभोक्ताले ग्याँस नपाउने समस्या देखिएपनि प्रशासन र सुरक्षा निकायको ब्यवस्थापन फितलो देखिएको थियो। कम्तीमा प्रहरी प्रशासनको उपस्थितिमा ग्याँस गाडिबाट झारेर सिधै उपभोक्तालाई वितरण गर्ने गरेको भए ग्याँस वितरणमा यस्दो भद्रगोल र कालोबजारी त हुदैनथ्यो।  सम्बन्धित निकाएको यसतर्फ ध्यान कहिले जाने?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ