arrow

यसरी गर्छ मदिराले जीवन वर्वाद, लाग्छन् यस्ता रोग

logo
प्रकाशित २०७६ वैशाख ६ शुक्रबार
night-alcohol-drinks.jpg

काठमाडौं ।  मदिरा सेवन स्वास्थ्यको लागि हानिकारक हो । यसको लतले व्यक्तिका साथै उसका परिवारलाई पनि हानी गर्छ ।

अब वैज्ञानिहरुले शोध गरेर मदिराका दुष्परिणाम बारे बताएका छन् ।  एक शोधका अनुसार, मदिरा पिउने बानीले कलेजका छात्रहरुलाई खराब जीवनशैलीको कुचक्रमा फसाउछ । यसले उनिहरुको पढाईका साथै मानसिक तनाव र कम निन्दाको समस्या बढाउछ ।

यस शोधका लागि अमेरिकाको बिंघमटन यूनिवर्सिटीका शोधकर्ताले देशका विभिन्न विश्वविद्यालयहरुका ५५८  छात्र-छात्राहरु माथि सर्वे गरेका छन्। सो क्रममा उनिहरुले  ज्यादा मात्रामा मदिरा सेवन गर्ने छात्रहरुको शैक्षिक प्रदर्शनमा गिरावट आएको पाए । साथै उनिहरु मानसिक रूपमा तनावग्रस्त रहने र  निन्द्रबाट पनि ग्रसित थिए ।

बिंघमटन यूनिवर्सिटीका एसिस्टेन्ट प्रोफेसर लीना भन्छिन्, 'हामीले रोबस्ट डाटा-मीनिंग प्रविधिको माध्यमबाट  कलेजका यस्ता छात्रहरुको पहिचान गर्‍यौ जो मादक पदार्थ सेवन गर्थे । निन्द्राको कमि र मानसिक तनावका कारण उनिहरु एक गम्भीर संकटबाट गुजरि रहेका थिए । उनिहरुको व्यवहारमा पनि निकै परिवर्तन देख्न सकिन्छ ।'

ज्‍यादा रक्सि पिउनुको बेफादा
मदिरा सेवनबाट कयौप्रकारका स्‍वास्‍थ्‍य समस्‍या हुन सक्छ । जसमा लिभरको समस्या मुख्य रहेको छ । शोधकर्ताहरुका अनुसार मदिराको अधिक सेवनबाट ६० भन्दा ज्यादा रोगसँग जुधिरहेका हुन्छन् ।

पागलपन
उम्रेर बढेसँगै मानिसहरुमा औसत रूपमा लगभग १.९ प्रतिशतको दरमा मस्तिष्क खुम्चि रहेको हुन्छ । यसलाई सामान्य मानिन्छ तर अधिक मदिरा पिउनाले मस्तिष्कको केहि महत्वपूर्ण हिस्सामा संकुचनको गति बढ्छ र स्मृति हराएर पागलपनको लक्षण देखा पर्दछ ।

एनीमिया
अधिक मात्रामा मदिरा पिउनाले शरिरमा अक्सिजन बोक्ने रातो रक्त कोशिकाहरुको संख्‍या असामान्‍य रूपमा कमि हुन्छ । यो अवस्‍थालाई एनीमिया भनिन्छ , जसकारण थकान, सांस लिन समस्या देखिन्छ ।

क्यान्सर
वैज्ञानिकहरुका अनुसार,  शरीरमा मदिरा एसीटेल्डिहाइड, शक्तिशाली केसरजनमा परिवर्तित भएपछि खतरा  बढ्छ । मदिराको ज्यादा उपयोगबाट मुख, गला , ग्रासनली, लीभर, स्तन, पेट र मलाशयको क्यान्सर हुने खतरा अधिक हुन्छ । क्यान्सरको खतरा मदिरासँग सुर्तिजन्य पदर्थ गर्नेलाई अझ ज्यादा हुन्छ ।

हृदयघात
अधिक मदिरा पिउने कारण प्लेटलेट्सको ब्‍लड क्लोट्सको रूपमा जम्मा हुने सम्भावना अधिक हुन्छ जसकारण हृदयघात वा स्ट्रोक हुन सक्छ । पहिले हार्ट अट्याक भएका ज्‍यादा मदिरा पिउने व्यक्तिमा मृत्युको सम्भावना ज्यादा रहने शोधकर्ताहरुले निष्कर्ष निकालेका छन् ।

सोरायसिस
लिभर सेल्‍सका लागि मदिरा बिष सामान हो । अधिक मदिरा खानेलाई सिरोसिसको समस्या हुन्छ जुन घातक हो । यस अवस्‍थामा लिभर भारी भएर काम गर्न असमर्थ हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ