arrow

सलमानले सेटमै पुगेर ऐश्वर्यालाई ४ घण्टासम्म हप्काए, शाहरुखले पनि सकेनन् रोक्न

logo
प्रकाशित २०७६ वैशाख ६ शुक्रबार
salman-aish11.jpg

काठमाडौं । भारतीय स्टारहरु शाहरुख खान र सनमान खानको दोस्ती धेरैजसो पार्टी र फिल्महरुमा देख्न पाइन्छ । तर, कुनै समय यस्तो पनि थियो कि यी दुई हस्ती दुई भागमा विभाजित भएका थिए ।

सन् २००२ मा सलमान र ऐश्वर्याको बीचमा दूरी बढ्न लागेको थियो । एकदिन यस्तैमा सलमानले सेटमा आएर आफ्नो बदमाशी शुरु गरेका थिए । शुरुमा चलते चलते फिल्ममा रानी मुखर्जीको स्थानमा ऐश्वर्या राय थिइन् ।

फिल्मसँग जोडिएका एक व्यक्तिका अनुसार करीब ४ घण्टासम्म सलमानले अवरोध जारी राखेका थिए । उनी ऐश्वर्यालाई उत्पीडन गरिरहेका थिए । शाहरुखले यो विषयलाई सुल्झाउने प्रयास गर्दा सलमानले उनको कठालो समातेका थिए । उनले यस विषयमा माफी पनि मागेनन् । त्यसपछि यो फिल्मबाट ऐश्वर्यालाई हटाइएको थियो । त्यसै वर्ष सलमान र ऐश्वर्याको बीचमा ब्रेकअप भएको थियो ।

यो घटनापछि शाहरुख र सलमानको बीचमा कुराकानी बन्द भएको थियो । त्यसै क्रममा सन् २००८ जुलाई १६ मा कटरिना कैफको जन्मदिनमा शाहरुख र सलमान दुवैलाई निमन्त्रणा दिइएको थियो । यो पार्टीमा पनि दुईजनाको बीचमा तनावको अवस्था सिर्जना भएको थियो । अनुमान विपरीत पार्टीमा यी दुईको बीचमा तनाव सिर्जना भएसँगै त्यहाँ उपस्थित अन्यले उनीहरुलाई सम्झाएका थिए ।

केही वर्षसम्म उनीहरु एकअर्काका कट्टर दुश्मन बनेर देखिए । यस्तैमा शाहरुखले मित्रताको हात अघि बढाए र सलमानले पनि त्यसलाई स्वीकार गरे । यस्तैमा एक पार्टीमा उनीहरुको पुनः भेट भएको थियो । यो पार्टीमा सलमानले पहल गर्दै शाहरुखसँग अंकमाल गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ