arrow

क्यान्सरलाई जितेका पाण्डव महतो लन्डन म्याराथनमा दौडिने 

यस्तो हुँदैछ कीर्तिमानी सहभागीता : ४ लाख १४ हजार १ सय ६८ जनाले आवेदन गरेकोमा छनौटमा परेका ४० हज्जार भाग्यमानी दौडिने

logo
जगन कार्की,
प्रकाशित २०७६ वैशाख ७ शनिबार
pandav-mahato.jpg

लण्डन । क्यान्सर जस्तो प्राणघातक रोगलाई जितेका बेलायत निवासी पाण्डव महतो लन्डन म्याराथनमा दौडिने भएका छन् ।

आउंदो २८ अप्रिलमा लन्डनका मुख्य सहर हुँदै आयोजना हुने  बिश्वोका सर्वाधिक चर्चित म्याराथनमा सिराहामा जन्मिएका पाण्डव भिजिट नेपाल २०२०को प्रचार प्रसार गर्दै दौडिने भएका हुन् । 

बिश्वको सबै भन्दा धेरै च्यारिटी रकम उठाउन सफल २०१९ को लन्डन म्याराथनले १ बिलियन पाउण्ड रकम संकलन गरिसकेको छ ।

लन्डन म्याराथनमा भाग लिने आवेदनका आधारमा बिश्वको सबैभन्दा धेरै लोकप्रिय दौड प्रतियोगिताको रुपमा लिइन्छ । ४ लाख १४ हजार १ सय ६८ जनाले आवेदन गरेकोमा छनौटमा परेका ४० हजार भाग्यमानी दौडिने यो नै अहिलेसम्मको सबैभन्दा बढी आवेदन परेको म्याराथन प्रतियोगिता हो ।
 
सन् २००८ मा आमासयको क्यान्सरबाट ग्रस्त भएका महतोले केमो थेरापी गर्दै काम पनि संगै गरेर आत्मबल र दौडको सहाराले क्यान्सरसंग बिजय पाएका थिए ।

उनी बेलायतको हाइवेकम्बमा श्रीमती र आफ्ना २ सन्तानलाई  पालनपोषण गर्दै आएका छन् । उनी आफ्नो नियमित दौड गर्दै आएका छन् । 

रेस्टुरेन्टमा सेफका रुपमा कार्यरत महतो नेपाली र इन्डियन खानालाई मिलाएर नयां स्वादमा स्वास्थ्यबर्धक अनि अर्गानिक रेसिपी बनाउनु आफ्नो शौख रहेको बताउंछन् ।
 
हरेक शनिबार पार्क रनमा ५ किलो मिटर दौडिनु र सांझ बिहान फुर्सदमा छोराछोरीसंग पार्कमा दौडिनु उनको दिनचर्या नै बनेको छ । २० मिनेट मा ५ किलोमिटर दौडिने गरेका महतो आगामी वर्ष मेचीदेखि महाकालीसम्म दौडिने योजनामा छन् ।

मेची महाकाली दौडसंगै नेपालमा दौडलाई संस्कृतिको रुपमा बिकास गर्न र स्वास्थ्य तन्दुरुस्ती  चेतना बढाउन नेपाल रन नामको संस्था दर्ता गरेर बेलायत लगायत बिश्वभरि छरीएर रहेका दौड प्रेमी नेपालीहरु संग सहकार्य गरिरहेका छन् ।

नेपाल रन संस्था बेलायतमा रहेर म्याराथनमा संसारका ६ ओटा प्रमुख म्याराथन दौडी सकेका तथा धरान रनका संस्थापक सन्तोस राई लगायत स्थानीय नेपाली समुदायका धावकहरुसंग मिलेर महतोले अग्रसरता लिएर २०१८ स्थापना भएको हो  ।
 
हप्तामा १ दिन  समाजसेवामा पुरा दिन नै दिने गरेका महतोले  कुनै पनि सामाजिक संस्थालाई कुक वा खानाको स्टल राखेर नेपाल रन च्यारिटी फन्डको लागी काम गर्दिने गरेका छन् । 

आफुले क्यान्सर रोग जितेर नयां जीवन पाएका कारण जीवनमा अरुलाई यस्तो रोग नलागोस सबैको शारीरिक अवस्था तन्दुरुस्त रहोस भनेर नै यो पार्क रनको चेतना फैलाउन आफु लागि परको बताउँछन्  ।

निरन्तर  जस्तो म्याराथन दौडिरहने महतो लन्डन म्याराथन अलावा, जुलाईमा नर्थ डाउन ट्रेल, सेप्टेम्बर १५मा रिचमान्ड म्याराथन , २१ मा २ माइल स्विमिंग प्रतियोगिता, १३ अक्टोबरमा सिकागो म्याराथन दौड्ने छन् । 

उनलाई हौसला र सहयोग गर्न निम्न लिंकमा क्लिक गरेर सहयोग गर्न सकिन्छ –https://www.justgiving.com/fundraising/pandav-mahato-2019?fbclid=IwAR34oQayJ1FI65Jgc-6Jz4kvdLCzeVBr5LLx8qvYWfZbPAiRh8P4NXobZFA



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ