arrow

मन्त्री यादवको रिसर्च सेन्टरको शौचालयमा नर्सले झुन्डिएर गरिन् आत्महत्या

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ वैशाख ८ आइतबार
janaki-health.jpg

जनकपुरधाम। जनकपुरको जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टर प्रालिमा एक स्टाप नर्सले आत्महत्या गरेकी छन् । रिसर्च सेन्टर संचालक संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव रहेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका  वडा नम्बर ८  स्थित बजरंग चोकमा  रहेको जानकी हेल्थ केयर विभिन्न समयमा विभिन्न काण्डमा पटक पटक विवादीत हुँदै आएको छ ।

आत्महत्या गर्ने महोत्तरी जिल्ला  गौशाला नगरपालिका वडा नम्बर  ३ रामनगरकी २४ वर्षीया रक्षा आले रहेकी छन् । आले जानकी हेल्थ केयरको शौचालयमा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

आइतबार बिहान शौचालय गएकी आले धेरै बेरसम्म बाहिर नआएपछि अस्पतालका स्टाफहरुमा शंका उत्पन्न भएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय धनुषाको कन्ट्रोल रुपममा फोन गरी अस्पतालकै स्टाफले आलेको घटनाबारे जानकारी गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्की  अनुसार, घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषा र जानकी प्रहरी चौकीबाट खटि गएको टोली  अस्पतालमा निगरानी राखेका छन् ।

डिएसपी कार्कीका अनुसार रक्षा आले भित्र शौचालयको चुकुल लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएकी छन् । भित्रैबाट चुकुल लगाएको हेर्दा आत्महत्याझैँ देखिएपनि थप अनुसन्धान र पोष्टमार्टमको रिपोर्टपछि मात्र विस्तृत भन्न सकिने डिएसपी कार्कीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ