arrow

संसदको बजेट अधिवेशन बैशाख १६ मा आह्वान 

logo
प्रकाशित २०७६ वैशाख ८ आइतबार
Parliament_building.png

काठमाडौैं । प्रतिनिधि सभाको बजेट अघिवेशन बैशाख १६ गतेको लागि आह्वान गरिएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रपतिले सो दिन संसद्को अधिवेशन आह्वान गरेकी हुन् । 

सो दिन दुबै संसद्को बैठक अपराह्न ४ बजे संसद् भवन नयाँ वानेश्वरमा बोलाईएको छ । आईतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् सचिवालयका महासचिवको नाममा पत्र पठाएर यस्तो आह्वान गरेकी हुन् । 

नेपालको संविधान अनुसार जेठ १५ गते संसद्मा अर्थमन्त्रीले बजेट पेश गर्नै पर्छ । यसको लागि बजेटको छलफल र अन्य संसदीय गतिविधिहरु पनि आवश्यक हुने भएकोले १ महिना अघि नै संसदको अधिवेशन आह्वान गरिएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ