arrow

मुम्बई छाड्न लागेका अमिताभलाई मनोजले दिए काम, यसकारण बनेका थिए शाहरुखसँग असन्तुष्ट

logo
प्रकाशित २०७६ वैशाख ८ आइतबार
amitab-manoj1.jpg

काठमाडौं । बलिउडमा मनोज कुमार चर्चित छन् । देशभक्तिको फिल्ममा अभिनय गरेको कारण पनि उनलाई धेरैले चिन्छन् । मनोज कुमारको नाम हरिकिशन गिरी गोस्वामी थियो । मनोजकुमारको कुरा हुँदा दिलीप कुमारको पनि चर्चा हुने गरेको छ ।

धेरैजसो फिल्ममा उनको नाम भारत थियो, जसको कारण उनलाई धेरैले भारत कुमार भनेर चिन्छन् । सन् १९५७ मा यी अभिनेताले फिल्म ‘फेशन’बाट आफ्नो करियर शुरु गरेका थिए । उनी आफ्नो जमानामा जति राम्रा अभिनेता थिए, त्यति नै प्रखर फिल्म निर्माणमा पनि थिए । उनले देशभक्तिको फिल्मबाट पनि उल्लेख्य पैसा कमाउन सकिन्छ भन्ने सन्देश दिएका थिए ।

फिल्म शहीदमा उनले भगत सिंहको भूमिका निर्वाह गरेका थिए । यो फिल्मले उनलाई फिल्ममा निकै ठूलो सफलता मिलेको थियो । यस्तोमा लगातार फ्लप भइरहेका फिल्मको कारण अमिताभ बच्चन मुम्बई छाडेर दिल्ली जाने तरखरमा थिए । यस्तोमा मनोज कुमारलाई रोकेका थिए । साथै उनलाई ‘रोटी, कपडा और मकान’ फिल्ममा मौका दिएका थिए ।

एउटा कहानीको लागि केवल ११ रुपैयाँ लिने मनोज कुमारका फिल्ममा उनको उत्कृष्ट अभिनयको लागि दादा साहब फाल्के, पद्मश्री, फिल्मफेयर लाइफ टाइम अचीभमेन्टजस्ता अवार्डस्बाट सम्मनित भइसकेका छन् ।

मनोज कुमार शाहरुख खानसँग एकपटक ‘ओम शान्ति ओम’को एक सीनमा मनोज कुमारको नक्कलवाला सीन राखिएको भन्दै रिसाएका थिए । तर, पछि शाहरुखले उनीसँग माफी मागेका थिए र मनोजले पनि माफी दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ