arrow

निर्देशकले भनेका थिए सञ्जयले माधुरीसँग कहिल्यै विवाह गर्दैनन्

logo
प्रकाशित २०७६ वैशाख ९ सोमबार
sanjay-madhuri.jpg

काठमाडौं । सञ्जय दत्त र माधुरी दीक्षितलले २१ वर्षपछि  ‘कलंक’ फिल्ममा स्क्रिन शेयर गरेका छन् । ८० को दशकमा सञ्जय र माधुरीको जोडी सिल्वर स्क्रिनमा हिट भएको थियो ।

 फिल्ममा काम गर्दागर्दै उनीहरुको अफेयरको समाचार पनि आएको थियो । माधुरी र सञ्जयले कहिल्यै पनि यो सम्बन्धलाई स्वीकार गरेनन् । तर, पूरै बलिउडमा उनीहरुको यो सम्बन्धको समाचार फैलियो ।
 
एक अन्तर्वार्ताको क्रममा माधुरीले सञ्जय दत्त निकै राम्रो साथी रहेको बताएकी थिइन् । एउटा किताबका अनुसार सञ्जय र माधुरीका फिल्म निर्देशकले भने सञ्जय सधैं माधुरीको वरीपरी घुम्ने र उनको कानमा ]आई अभ यू' भन्ने गरेको बताएका थिए ।

 सन् १९९३ मा सञ्जय जेलबाट केही समयका लागि बाहिर आउँदा उनले माधुरीसँग कुनै सम्बन्ध नरहेको बताएका थिए ।  सञ्जयले जुन फिल्ममा काम गर्दा पनि नायिकासँग आफ्नो नाम जोडिने गरेकोमा दुःख पनि व्यक्त गरेका थिए । साथै उनले गलत हल्ला चलेकोमा माधुरीसँग माफी पनि मागेका थिए ।
 
फिल्म निर्माता सुभाष घईले एक अन्तर्वातामा सञ्जय दत्तले कहिल्यै पनि माधुरीसँग विवाह नगर्ने बताएका थिए । उनका अनुसार सञ्जय दत्त आफ्नी पत्नी पनि फिल्मी क्षेत्रमा काम गरेको होस् भन्ने चाहँदैन थे ।

सञ्जयले सन् १९८७ मा रिचासँग विवाह गरेका थिए । रिचाले सञ्जयका लागि आफ्नो फिल्मी करियर पनि छाडेकी थिइन् । रिचा आफ्नो रोगको उपचारका लागि एकपटक अमेरिका गएकी थिइन् ।

 फर्केर आउँदा सञ्जयसँग माधुरीको हल्ला सुनिएको थियो । यस्तोमा उनीहरुको बीचमा कुरा बिग्रिएको थियो । सञ्जयले आफूले डिभोर्स नचाहेको बताएका थिए । रिचा पनि छुट्टेर बस्न चाहन्नथिन् ।

एक अन्तर्वार्तामा सञ्जय दत्तकी सालीले पनि यो मामिलामा माधुरी जिम्मेवार रहेको बताएकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ