arrow

फिल्मबाहेक यस्ता व्यवसाय गर्छन् यी पाँच बलिउड कलाकार

logo
प्रकाशित २०७६ वैशाख ९ सोमबार
actor.jpg

काठमाडौं । अहिलेको जमाना यस्तो छ कि एउटा रोजगारीले घरको खर्च चलाउन गाह्रो हुन्छ । जसको कमाइ जति हुन्छ खर्च पनि त्यसै अनुपातमा हुने गर्छ । यसकारण मानिसहरु आफ्नो कमाइमा सन्तुष्ट रहन सक्दैनन् । त्यसैले मानिसहरु आफ्नो कामका साथै अर्को काम पनि गरिरहेका हुन्छन् ।

यहाँ अभिनयका साथै आफ्नो अर्को काम पनि एकसाथ अघि बढाउन सफल भएका भारतीय कलाकारको बारेमा चर्चा गरिएको छ ।

१. करिश्मा कपूर
यो सूचीमा सबैभन्दा अगाडि करिश्मा कपूर छिन् । ९० को दशककी चर्चित नायिका करिश्मा कपूरका निकै हिट फिल्महरु पनि छन् । उनी आफ्नो ई–कमर्स पोर्टल चलाउँछिन् । जसमा बेही मदर केयरका उत्पादन पाइन्छन् ।

२. मिथुन चक्रवर्ती
भारतीय अभिनेता मिथुन चक्रवर्तीले पनि बलिउडमा केही हिट फिल्ममा काम गरेका छन् । अहिले पनि उनले विभिन्न फिल्ममा अभिनय गर्दै आएका छन् ।  हस्पिटालिटी तथा एजुकेशनल क्षेत्रमा काम गर्ने मोनार्क ग्रुप कम्पनी चलाउँछन् । साथै उनीसँग पैपराजी फिल्म प्रडक्शन हाउस पनि छ ।

३. अक्षय कुमार
अक्षय कुमार निकै व्यस्त कलाकार हुन् । उनी वर्षमा ३-४ फिल्ममा काम गर्छन् । तर, उनको काम अभिनयमा मात्र सीमित भने छैन । उनको अलहदा बेस्ट डिल टीभी नामको अनलाइन शपिङ च्यानल छ । साथै उनीसँग ओम इन्टरटेनमेन्ट फिल्म प्रोडक्शन हाउस पनि छ ।
 

४. अजय देवगन
९० दशकका हिरो अजय देवगन अहिले पनि धेरै हिट फिल्म दिइरहेका छन् । उनले फिल्म रेडले पनि राम्रो व्यापार गरेको थियो । अजय देवगन फिल्मका साथै रोहा ग्रुपका मालिक हुन् । साथै उनी देवगन इन्टरटेन्मेन्ट सफ्टवेयर लिमिटेडका पनि मालिक हुन् ।

५. सुनील शेट्टी
सुनील शेट्टी जुनसुकै भूमिकालाई पनि न्याय दिनसक्ने कलाकरको रुपमा चिनिन्छन् । जसको कारण उनले धेरै फिल्ममा अभिनय पनि गरेका छन् । उनी पनि रेष्टुरेन्ट, नाइट क्लब, पोपकर्न फिल्म प्रोडक्शन हाउसका मालिक हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ