arrow

युट्युवमा कुटुमा कुटु १० करोड हेरिएपछि राजनले भने, ' यो दर्शक स्रोताको माया र कालिनागको कृपा हो '

राजनराज शिवाकोटीको कुटुमा कुटु गीतको नयाँ रेडर्क

logo
प्रकाशित २०७६ वैशाख १० मंगलबार
kutu-ma-kutu.png

काठमाडौं । संगितकार, गायक तथा रचनाकार राजनराज शिवाकोटीको शब्द, संगित र स्वर रहेको नेपाली कथानक चलचित्र ‘२ रुपैयाँ’को गीत ‘कुटुमा कुटु’ले युट्युबको नेपाल च्याप्टरमा नयाँ रेकर्ड कायम गरेको छ । नेपाली भाषाको यो गीत युट्युब च्यानलमा नेपाली सृजना मध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भ्युज भएर नयाँ रेकर्ड बनाएको छ ।

“यो गीतले युट्युबमा नयाँ रेकर्ड बनाएको छ । दश करोडको अपेक्षा राखेर बस्नुभएका सम्पूर्ण दर्शक तथा स्रोतालाई बधाई छ,” राजनराजले भने । अघिल्लो साता वेलायतमा भेटिएका शिवाकोटीले केहि दिनमै गीत दश करोडले हेर्ने अनुमान गरेका थिए। नभन्दै गीतले दश करोडको रेडर्क रारवेको छ।

ग्रामिण लवज र लोकभाकाहरुबाट प्रभावित भएर आफ्लो सिर्जना गर्ने शिवाकोटीले कुलदेवता कालिनागको कृपा पनि आफ्नो सिर्जनामा रहेको विश्वास गर्छन । नभन्दै सन्तान कालिनागैको भन्ने शब्द परेको यो गीत नै नेपाली संगीतको इतिहासमा १० करोड हेरिने पहिलो गीत भएको छ। दर्शक स्रोताको यो अपार माया पाउनुमा उनले शिवाकोटीहरुका कुल देवता कालिनागलाई पटक पटक सम्झिए ।

गीत हाइलाइट्स नेपालको युट्युब च्यानलमा सन् २०१७ मे २८ मा अपलोड गरिएको थियो ।

यो गीतका गीतकार तथा संगीतकार राजनराज शिवाकोटी हुन् । गीतमा स्वर भने राजनराज सँगै मेलिना राई र राजन इशानको छ ।

गीतको भिडियोमा निश्चल बस्नेत, स्वस्तिमा खड्का र आशिफ शाहको अभिनय रहेको छ। कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ