arrow

सलमानको डुब्न लागेको करियरलाई 'तेरे नाम' ले दिएको थियो लय, १६ वर्षपछि बन्दैछ सिक्वेल

logo
प्रकाशित २०७६ वैशाख १० मंगलबार
Salman-Khan-Tere-Naam.png

काठमाडौं । सन् २००३ मा आएको फिल्म 'तेरे नाम' धेरै मानिसलाई थाहा भएको फिल्म हो । यो फिल्मले डुब्न लागेको सलमान खानको करियरलार्य साहारा दिएको थियो ।

उक्त फिल्ममा सलमानको कपाल काट्ने स्टाइलबाट प्रभावित भएर धेरैले यो स्टाइलमा कपाल पनि कटाएका थिए ।

१६ वर्षपछि अब यो फिल्मको सिक्वेल बन्ने भएको छ । सतीश कौशिकले नै यो फिल्मको निर्देशन गर्नेछन् । सन् २००३ मा उत्कृष्टा फिल्म बनेको यो फिल्मको शुटिङ अब शुरु गर्ने तयारी गरिएको छ ।

 सतीशले हालसालै यसको स्क्रिप्ट पूरा गरेका छन् । अब उनी पंकज त्रिपाठीको ‘कागज’को शुटिङपछि यो फिल्मको शुटिङ शुरु हुनेछ ।

१६ वर्षअघिको फिल्ममा सलमान खान र भूमिका चावला मुख्य भूमिकामा थिए । यो फिल्ममा उनीहरु हुन्छन् वा हुँदैनन् भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ