Skip

अब सेल्फी खिचाउने जनावरको पालो !

प्रकाशित मिति : २०७६ बैशाख १० मंगलबार

काठमाडौं । पछिल्लो समय मानिसहरुमा सेल्फीको क्रेज बढेको छ । मानिसमा बढेको सेल्फीको क्रेज अब भने जनावरहरुमा पनि सरेको छ । केही जनावर फरक फरक पोजमा सेल्फी खिचाउँदै गरेको देखिएको छ । कंगोको नेशनल पार्कमा पनि यस्तै एक दृश्य देखिएको छ ।

यहाँ घुम्न आएका व्यक्तिसँग शानदार पोजमा गोरिल्लाले फोटो खिचाएका हुन् । उक्त सेल्फीमा पोज दिँदै गरेका २ गोरिल्ला देखिएका छन् । सामाजिक सञ्जालमा यो तस्वीर भाइरल भइरहेको छ । तस्वीरमा सेल्फी खिच्दा उनीहरुले उभिएर पोज दिइरहेको देख्न सकिन्छ । साथै एक गोरिल्लाले मानिसको काँधमा बसेर फोटो खिचाएको देखिन्छ ।

प्रतिवेदनका अनुसार विरुगाा यहाँको सबैभन्दा पुरानो नेशनल पार्क हो । यो युनेस्कोको विश्व सम्पदा सूचीमा पनि रहेको छ । समाचारका अनुसार यहाँ सबैभन्दा धेरै गोरिल्ला रहने गरेका छन् ।

नयाँ